(नेकपा) को विधानमा अध्यक्षको लागि यस्तो बन्यो प्राबधान !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २४, २०७५
|
|
४२ पटक हेरिएको
Shares
(नेकपा) को विधानमा अध्यक्षको लागि यस्तो बन्यो प्राबधान !

सारांश

  • काठमाडौं, २४ जेठ ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विधानलाई अन्तिम रुप दिएको छ ।
  • बुधबार केही संशोधनसहित नेकपाले विधानलाई अन्तिम रुप दिएको हो ।

काठमाडौं, २४ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विधानलाई अन्तिम रुप दिएको छ । बुधबार केही संशोधनसहित नेकपाले विधानलाई अन्तिम रुप दिएको हो ।

नेकपाले यसअघि पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाएको विधानलाई अन्तिम रुप दिन पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई जिम्मा दिएको थियो ।

विधानमा दुवै अध्यक्षलाई समान अधिकार दिइएको छ ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ का अनुसार विधान, राजनीतिक प्रतिवेदन सबै टुंगो लागिसकेको र एक दुई दिनमा छापिएरै आउने छ । विधानले दुवै अध्यक्षलाई समान हैसियत र अधिकार प्रदान गरेको उनले बताए ।

आपसी समझदारीमा बैठक बोलाउने, दुवै अध्यक्षले हस्ताक्षर गरी आन्तरिक पार्टी कमिटीमा सर्कुलर गर्नेलगायतका अधिकार पनि विधानले प्रत्यायोजन गरेको छ ।

राजनीतिक दस्तावेजमा प्रचण्डको नेतृत्वमा भएको १० वर्षे जनयुद्धले उत्पीडित जाति, वर्ग, लिंग र समुदायलाई जागरुक बनाएको र त्यसले गणतन्त्र स्थापनामा भूमिका खेलेको शब्दावली समेत प्रयोग गरिएको छ । यसअघि निर्वाचन आयोगमा बुझाइएको राजनीतिक दस्तावेजमा प्रचण्डको नाम उल्लेख थिएन ।

त्यसैगरी, राजनीतिक दस्तावेजमा पार्टीको राजनीतिक कार्यदिशा समाजवाद उन्मुख जनताको जनवाद हुने उल्लेख छ ।

बल्ल पायो नेकपाले कानुनी मान्यता

यसैबीच, नेपाल कम्युनिस्ट पार्टीले कानुनी मान्यता पाएको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई निर्वाचन आयोगले दर्ता गरेसँगै कानुनी मान्यता पाएको हो ।

निर्वाचन आयोगले दुई पार्टीबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दर्ता गर्ने निर्णय गरेको जनाएको छ । गत जेठ ३ गते पार्टी एकता घोषणा भएलगत्तै शीर्ष नेताहरुले आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?