दाहसंस्कार गरिएको मान्छे जिवितै भेटिएपछि…!

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०७५
|
|
३५ पटक हेरिएको
Shares
दाहसंस्कार गरिएको मान्छे जिवितै भेटिएपछि…!

सारांश

  • काठमाडाैँ, २५ असार ।
  • दाङ्गममा दाह संस्कार गरिसकेका व्यक्ति घर फर्केका छन ।
  • दाङ्गको राप्ती गाउँपालिका वडा नम्वर ४ मौरीघाटका ४५ वर्षिय महेन्द्रप्रसाद चाैधरीको मृत्यु भएको भन्दै परिवारले प्रहरीबाट शव बुझेर दाह संस्कार गरेका थिए ।

काठमाडाैँ, २५ असार । दाङ्गममा दाह संस्कार गरिसकेका व्यक्ति घर फर्केका छन ।

दाङ्गको राप्ती गाउँपालिका वडा नम्वर ४ मौरीघाटका ४५ वर्षिय महेन्द्रप्रसाद चाैधरीको मृत्यु भएको भन्दै परिवारले प्रहरीबाट शव बुझेर दाह संस्कार गरेका थिए । असार २१ गते सोही गाउँपालिका वडा नम्बर २ लालमटियास्थीत कालिका सामुदायिक वनमा सडेगलेको अवस्थामा एउटा शव फेला परेको थियो ।

चाैधरी भेटिएर घर आएपछि उनको घर परिवारमा खुसियाली छाएको छ । शोकमा डुबेको उनको परिवारले सकुशल घर फर्किएका व्यक्तिलाई अबिर मालाले स्वागत गरेका छन् ।

स्थानीय भद्रभलाद्मीको रोहवरमा शव बुझेर उनीहरूले हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरी सकेर परिवारका सदस्य किरिया बस्ने तयारी गर्दै गर्दा कसैले महेन्द्रप्रसाद जीवितै रहेको भन्ने सूचना दिएपछि बल्ल उनको खोजी सुरू भएको दाजु इन्द्रप्रसादले जानकारी दिए ।

महेन्द्रप्रसाद मदिराका अम्मली रहेको तथा उनी यसअघि पनि हप्ता दश दिन बेपत्ता हुने गरेका थिए । त्यसोत, परिवारजनले उनको खोजी कार्यमा कुनै वास्ता गरेका थिएनन् । महेन्द्रप्रसाद बेपत्ता भएको बारेमा परिवारजनले आफैंले पनि नखोजेको र प्रहरीमा समेत कुनै जानकारी नदिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख रविन्द्र पाण्डेले बताए ।

महेन्द्रप्रसादको मृत्यु भइसकेको भन्ने खबरपछि परिवारका सबै सदस्य तथा आफन्त शोकमा थिए । तर आइतबार देउखुरीको लालमटिया निवासी सुवास भुसालले भारतको इटुवामा महेन्द्र चौधरी काम गर्न गएको भन्ने सूचना दिएपछि छोरा अनुप चौधरी र दाजु इन्द्रप्रसाद चौधरी खोजीमा इटुवा गएका थिए । इटुवामा भाईलाई भेटेपछि दाजु महेन्द्रप्रसादले भाइलाई घरमा ल्याएपछि उनको घरमा खुशीयाली छाएको हो ।

‘भाई पनि धेरै दिनदेखि हराई रहेको र सडेगलेको शव हेर्दा भाइको जस्तै देखिएकाले हामी भाइको मृत्यु भएको निश्चयका साथ अन्तिम संस्कार पनि पुरा गरेका थियौं ।’ दाजु इन्द्रले भने,‘ तर आज मेरो भाइ सकुशल घर आएको छ, यो एउटा अचम्मैको घटना भयो ।’ भार्इको आगमन शोकमा डुबेका आफन्त तथा घर परिवारमा खुसियाली छाएको छ । भाइ भनी अर्कै व्यक्तिको शवको अन्तिम संस्कार गर्दासम्म २५ हजार बढी खर्च भएको बताए ।

महेन्द्रप्रसाद चौधरी पत्नीको मृत्युपछि एक्लै बस्दै आएका थिए । उनका छोरासमेत भिन्दै बस्दै आएको हुँदा उनी झनै मदिराका अम्मली बन्न पुगेको हुनाले उनलाई परिवारले वास्ता गर्न छोडेको थियो । त्यही समयमा उनी भारतको इटुवासम्म पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?