संगठन मजबुत बनाउन कार्यकर्तालाई सिंहको निर्देशन

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १५, २०७६
|
|
२४ पटक हेरिएको
Shares
संगठन मजबुत बनाउन कार्यकर्तालाई सिंहको निर्देशन

सारांश

  • काठमाडौं, १५ बैशाख ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले संगठन मजबुत बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
  • आइतबार संखुवासभामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

काठमाडौं, १५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले संगठन मजबुत बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आइतबार संखुवासभामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । भेदभावपूर्ण व्यवहारले नेता–कार्यकर्तामा ऊर्जा भर्न नसकिएको स्वीकार गर्दै उनले अब पार्टीमा आन्तरिक एकता सुदृढ गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

नेता सिंहले भने,‘जनता कांग्रेसको पक्षमा छन्, जनता कांग्रेस राम्रो होस् भन्ने चाहन्छन्, तर कांग्रेस विधिविधान सम्वत तवरले चल्न सकेन । अब पार्टी्भित्र आन्तरिक सुदृढीकरण गरेर अगाडि बढ्नुको विकल्प छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?