यसरी बन्दैछ तारजाली लगाएर मतगणनास्थल

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०७४
|
|
२४ पटक हेरिएको
Shares
यसरी बन्दैछ तारजाली लगाएर मतगणनास्थल

सारांश

  • मंगलबार जिल्ला समन्वय समिति बागलुङको सभाहलमा चटारो थियो।
  • प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना गर्ने दिन आउनै लाग्दा तारजाली सहितका सुरक्षा प्रबन्ध मिलाउन निर्वाचन आयोगका कर्मचारी खटिएका थिए।
  • जिल्लाका प्रतिनिधिसभाका दुई क्षेत्र र प्रदेशसभाका चार क्षेत्रको जिल्ला समन्वय समिति बागलुङको सभाहलमा गणक तारजाली भित्र र दलीय प्रतिनिधि बाहिर राखेर गणना गर्ने आवश्यक व्यवस्था मिलाइएको हो।

मंगलबार जिल्ला समन्वय समिति बागलुङको सभाहलमा चटारो थियो। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना गर्ने दिन आउनै लाग्दा तारजाली सहितका सुरक्षा प्रबन्ध मिलाउन निर्वाचन आयोगका कर्मचारी खटिएका थिए।

जिल्लाका प्रतिनिधिसभाका दुई क्षेत्र र प्रदेशसभाका चार क्षेत्रको जिल्ला समन्वय समिति बागलुङको सभाहलमा गणक तारजाली भित्र र दलीय प्रतिनिधि बाहिर राखेर गणना गर्ने आवश्यक व्यवस्था मिलाइएको हो।

मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भए पनि सम्भावित परिस्थितिलाई ध्यानमा राखेर मतगणनाका लागि तारबार जाली लगाइएको मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितले बताए।

तारवार र जालीको कडा सुरक्षा घेरा भित्र आयोगका कर्मचारीले मतगणना गर्ने र तारवार बाहिर रहेका उम्मेदवारका प्रतिनिधिलाई देखाउँदै सदर गरिने उनले बताए।

‘अहिलेको लोकतान्त्रिक व्यवस्थामा पनि तारबार लगाएर मतगणना गर्नु शोभनीय विषय हुँदै होइन,’ जिल्ला न्यायाधीश समेत रहेका पण्डितले भने, ‘तर विगतका घटना र सम्भावित घटनाका विषयलाई गम्भिरतापूर्वक लिएर तारजाली लगाएर मतगणना गर्नु पर्ने अवस्था आएको हो।’
अन्नपूर्णबाट

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ganesh Karki

    मानिस पसु सरहनै छन अझै भन्नेकुरा यो तस्वीरले बताउछ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?