यसरि भएको थियो भारत र श्रीलंकाबीच टेस्टमा म्याच फिक्सिङ (भिडियो सहित)
सारांश
- अलजजिराको अनुसन्धान युनिटले कसरी दुई वटा ठूला अन्तराष्ट्रिय टेस्ट खेलहरुमा म्याच फिक्सिङ भएको थियो र तेस्रो खेल फिक्स गर्न म्याचफिक्सरहरुले कस्तो योजना भनाएका थिए भन्ने खुलासा गरेको छ।
- गतवर्ष भारत र श्रीलंकाबीच भएको टेस्टमा फिक्सिङ भएको अलजजिराले खुलासा गरेको हो।
- यस्तै त्यसअघि २०१६ अगष्टमा श्रीलंका र अस्ट्रेलियाबीच भएको खेलमा पनि फिक्सिङ भएको रिपोर्टमा उल्लेख छ।
अलजजिराको अनुसन्धान युनिटले कसरी दुई वटा ठूला अन्तराष्ट्रिय टेस्ट खेलहरुमा म्याच फिक्सिङ भएको थियो र तेस्रो खेल फिक्स गर्न म्याचफिक्सरहरुले कस्तो योजना भनाएका थिए भन्ने खुलासा गरेको छ।
गतवर्ष भारत र श्रीलंकाबीच भएको टेस्टमा फिक्सिङ भएको अलजजिराले खुलासा गरेको हो। यस्तै त्यसअघि २०१६ अगष्टमा श्रीलंका र अस्ट्रेलियाबीच भएको खेलमा पनि फिक्सिङ भएको रिपोर्टमा उल्लेख छ। फिक्सिङ भएका दुबै टेस्ट खेलहरु श्रीलंकाको गल्ली क्रिकेट अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको थियो।
गोप्य रुपमा खिचिएको भिडियोमा म्याच फिक्सरहरुले यसवर्षको नोभेम्बरमा हुने इंग्ल्याण्ड र श्रीलंकाबीचको खेलको पनि म्याच फिक्स गर्ने योजना बनाएको उल्लेख गरेका छन्। उक्त खेलपनि सोही स्टेडियममा हुँदैछ।
अलजजिराले म्याच फिक्सिङका उक्त प्रमाणहरु विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तराष्ट्रिय क्रिकेट काउन्सिल९आइसीसी०लार्इ बुझाएको र त्यसबारेमा आइसीसीले थप अनुसन्धान गरिरहेको उल्लेख गरेको छ।
म्याच फिक्सर मध्येका एक मुम्बईका रोबिन मोरिसले आफूहरुले ग्राउण्ड्सम्यानलाई उनीहरुले सोचेअनुरुप पीच निर्माण गर्न पैसा दिदैं म्याच फिक्सिङ गर्दै आएको बताएका छन्।
क्रिकेट म्याच फिक्सिङमा संलग्न ग्राउण्ड्सम्यान थरंगा इन्डिका९गल्ली क्रिकेट स्टेडियमका सहायक म्यानेजर समेत०ले भनेका छन्, ‘मैले पीचहरु ब्याट्सम्यान अथवा बलरलाई सहयोगी हुने खालको बनाउने गर्दथे। फिक्सरको आवश्यकता अनुरुप स्पीन बलिङ, तीव्र बलिङ या ब्याटिङ कसलाई उपयोगी हुने पीच बनाउनुपर्ने हो त्यसैअनुरुप तयार गर्थे।’
गल्ली स्टेडियम नजिकैको होटलमा रिपोर्टरले गरेको स्ट्रिङ अपरेसनमा मोरिसले इन्डिका तिर देखाउदै भनेका छन्, ‘यदि उनले९इन्डिका०ले हामीलाई आवश्यकता परेअनुरुप पीच बनाइदिए भने के हुन्छरु किनकी उनी मुख्य क्युरेटर९पीचको काम गर्ने मानिस० हुन्। उनी मैदानका सहायक म्यानेजर पनि हुन्।’
श्रीलंका र अस्ट्रेलियाको खेलमा इन्डिकाले पीचलाई बलिङ सुहाउँदो बनाएको उल्लेख गरेका छन्। उक्त पाँच दिनको खेलमा रोलरको निकै कममात्रै प्रयोग गरेर स्पिन विकेट बनाएको इन्डिकाले बताएका छन्।
सोही कारण उक्त खेल पाँच दिनसम्म लम्बियो। स्पीन विकेटका कारण ब्याट्सम्यानले छिटो रन पनि बनाउन सकेनन् र खेल अन्तिम दिनसम्म पनि चल्यो। यसले फिक्सरले चाहे अनुरुप खेल ड्र भएन्।
क्युरेटर इन्डिकाले भारतविरुद्धको खेलमा म्याच ब्याट्सम्यानलाई सहयोग पुग्ने खालको बनाएको बताएका छन्। उनले भनेका छन्, ‘हामीले विकेटलाई रोलको मद्दतले जोडले दबायौं अनि त्यसमा पानी हाल्यौं। जसले पीचलार्इ अझै कडा बनायो।’
ब्याटिङ पीच भएको खण्डमा पहिलो इनिङमा ठूलो स्कोर बन्थ्यो। विकेट बुझेका सट्टाबाजहरुले पूर्वअनुमान औषत स्कोर भन्दा माथिको स्कोरमा रकम लगानी गरेका थिए। सट्टावाजले पैसा लगानी गरेअनुरुप उक्त खेलमा भारतले पहिलो इनिङमा ६ सय रन बनाएको थियो। जसका कारण म्याच फिक्सरहरुले पनि ठूलो रकम कमाए।
गोप्य भिडियोमा रिपोर्टरले मोरिसलाई अर्को खेलमा कहिले पीच फिक्सिङ गर्ने भनेर सोध्दा उनले नोभेम्बरमा उक्त स्टेडियममा इंग्ल्याण्ड र श्रीलंकाबीच खेल हुन लागेको बताएका छन्।
रिपोर्टरले इन्डिकालाई उक्त खेल ४ दिनमै सकिने गरि पीच निर्माण गर्न सक्छौ भनेर सोध्दा, इन्डिकाले हास्दै भनेका छन्, ‘म यो खेल साढे दुई दिनमै सकाइदिन सक्छु।’
उक्त खेलमा खेलाडीहरु भने पीच फिक्सिङमा संलग्न रहेकोरनरहेको बारे कुनै खुलासा गरिएको छैन्। यसबारेको विस्तृत डकुमेन्ट्री अलजजिराले केहीदिनमा सार्वजनिक गर्दैछ। यसको अलजजिराले बनाएको उक्त डकुमेन्ट्रीको प्रोमो भने यस्तो छ:
https://www.facebook.com/nplkhabar/videos/762304580626764/
प्रतिक्रिया