यसरी मिल्यो भागबण्डा : आजै मन्त्रीमण्डल विस्तार गर्ने देउवाको तयारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् ।
  • त्यसको लागी उनले आन्तरिक तथा बाह्य गृहकार्य गरिरहेका छन् ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । त्यसको लागी उनले आन्तरिक तथा बाह्य गृहकार्य गरिरहेका छन् ।

पार्टीभित्र पनि भागवण्डा मिलाउनुपर्ने भएकोले हिजो (बुधबार) देउवाले रामचन्द्र पौडेल पक्षसँग नाम मागेका थिए । तर, पौडेल पक्षले कुन-कुन मन्त्रालय दिने हो नाम पहिला मागेपछि बुधबार साँझ मन्त्रालय भागवण्डाको तयारी भएको थियो ।

देउवाले पौडेल पक्षलाई ४ वटा र कृष्णप्रसाद सिटौलालाई एउटा मन्त्रालय दिने बताएको देउवा निकट स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएको एक महिनापछि देउवाले दोस्रो चरणको मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन् । यसअघि पहिलो चरणमा ८ सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए ।

वर्तमान संयुक्त सरकारमा कांग्रेसले १२ वटा मन्त्रालय राख्ने माओवादी केन्द्रसँग सहमति भएको छ । देउवाले पार्टीभित्रको गुट व्यवस्थापन गर्न पौडेल र सिटौला पक्षलाई ५ वटा मन्त्रालय दिने र अन्य मन्त्रालय आफ्नो पक्षलाई दिने तयारी गरेका छन् ।

पार्टीभित्रको भागबण्डा मिलेमा प्रधानमन्त्री देउवाले आज बिहीबार मन्त्रीमण्डलको विस्तार गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?