अपाङ्गता भएकालाई सोलार वितरण

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १५, २०७६
|
|
२१ पटक हेरिएको
Shares
अपाङ्गता भएकालाई सोलार वितरण

सारांश

  • बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालयले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सोलार वितरण गरेको छ ।
  • लक्षित समुदाय सहयोग कार्यक्रमअन्तर्गत अपाङ्गता भएका सो वडाका २८ जना अपाङ्गता भएका व्यक्तिलाई शनिबार सोलार वितरण गरिएको हो ।
  • प्रतिव्यक्ति एक सेटका दरले सोलार वितरण गरिएको वडाध्यक्ष रनबहादुर बोहराले बताउनुभयो ।

बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालयले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सोलार वितरण गरेको छ । लक्षित समुदाय सहयोग कार्यक्रमअन्तर्गत अपाङ्गता भएका सो वडाका २८ जना अपाङ्गता भएका व्यक्तिलाई शनिबार सोलार वितरण गरिएको हो ।प्रतिव्यक्ति एक सेटका दरले सोलार वितरण गरिएको वडाध्यक्ष रनबहादुर बोहराले बताउनुभयो । वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच वडाध्यक्ष बोहरा र जिल्ला समन्वय समितिका सदस्य रमेश बोहराले सोलार हस्तान्तरण गर्नुभएको हो ।

सोलार पाएपछि आफूहरुलाई खुशी लागेको दशरथचन्द नगरपालिका– २ का स्थानीय गोमती बोहराले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिलाई सोलार वितरणका लागि वडा कार्यालयले गत आर्थिक वर्षमा रु एक लाख रकम विनियोजन गरेको थियो ।

देउडा प्रतियोगिता सम्पन्न

सुदूरपश्चिमेलीको महान् पर्व गौराका अवसरमा आयोजना गरिएको देउडा प्रतियोगिता शनिबार बैतडीको मेलौली नगरपालिका वडा नं ६ हतरङ्गामा सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा भएको महिला तथा पुरुष खुला देउडा प्रतियोगितामा विजेता देउडीयालाई नगद पुरस्कारसहित प्रमाणपत्र र दोसल्ला ओढाइ सम्मान गरिएको छ ।महिलातर्फ झुपा भट्ट प्रथम, कमला रावत द्वितीय, कलावती ओझा तृतीय र सीता भट्टले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

यस्तै पुरुषतर्फ रामदत्त जोशी प्रथम, रामदत्त भट्ट द्वितीय, केशवदत्त भट्ट र श्यामदत्त बाग तृतीय र लालसिंह क्षेत्री, मानसिंह पुजरा, गोपाल दयाल र भगीरथ दयालले सान्त्वना स्थान प्राप्त गरेका छन् । दुवै टिममा प्रथम हुनेलाई रु छ हजार, दोस्रो हुनेलाई रु चार हजार, तेस्रो हुनेलाई रु दुई हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई रु ५०० का दरले पुरस्कार वितरण गरिएको छ ।यस्तै ठाडो खेल खेलाएर संस्कृतिको जगेर्ना गरेको भन्दै स्थानीय ७४ वर्षीय लोकमणि भट्टलाई पनि सम्मान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?