विमानस्थालबाट बरामद गरिएका ६ वटा बाकसमा के थियो ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ८, २०८०
|
|
२४ पटक हेरिएको
Shares
विमानस्थालबाट बरामद गरिएका ६ वटा बाकसमा के थियो ?

सारांश

  • काठमाडौँ ।
  • राजस्व अनुसन्धान विभागको टोलीले साउन ४ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाटमा ६ वटा शंकास्पद बाकस नियन्त्रणमा लिएको थियो ।
  • विमानस्थलबाटको भन्सार कार्यालयमा सुन तस्करी प्रकरणको मास्टरमाइन्ड कम्पनी ‘रेडी ट्रेड प्रालि’ र ‘दोलखा इलेक्ट्रिक’को नाममा ६ वटा बाकस भेटिएपछि सुन भएको आशंकामा राजस्व कार्यालयले उक्त बाकस बरामद गरेको थियो ।

काठमाडौँ । राजस्व अनुसन्धान विभागको टोलीले साउन ४ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाटमा ६ वटा शंकास्पद बाकस नियन्त्रणमा लिएको थियो ।

विमानस्थलबाटको भन्सार कार्यालयमा सुन तस्करी प्रकरणको मास्टरमाइन्ड कम्पनी ‘रेडी ट्रेड प्रालि’ र ‘दोलखा इलेक्ट्रिक’को नाममा ६ वटा बाकस भेटिएपछि सुन भएको आशंकामा राजस्व कार्यालयले उक्त बाकस बरामद गरेको थियो ।

बरामद भएको उक्त बाकसमा सुन फेला नपरेको अनुसन्धानमा संलग्न अधिकृतहरुले जानकारी दिएका छन् । बाकसमा सुन नभएर दाह्री काट्ने ‘सेभर’ भटिएको राजस्व अनुसन्धान विभागको स्रोतले बताएको छ । आज सोमबार उक्त बाकस खोलिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन ‘रेड ट्रेड प्रालि’ ले मगाएको थियो । सोही कम्पनीको थप सामान भेटिसँगै थप अवैध सुन भएको आशंकामा विभागले सामान बरामद गरेको थियो ।

असार ३० मा हङकङकबाट क्याथे प्यासेफिकको उडानमार्फत रेडी ट्रेडले ‘ब्रेक प्याड’ भनेर ल्याएको सामानमा करिब १ सय किलो सुन भेटिएको छ । त्यसबारे सशस्त्र प्रहरीको सहयोगमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । बरामद सुनको यकिन तौल आइसकेको छैन । सुन तस्करी गरेर ल्याएको प्रकरणमा अहिले देशको राजनिति देखि प्रशासनको अवस्था तरंगित बनको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?