यसो भएमा देउवाले आजै प्रधानमन्त्री छोड्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३०, २०७४
|
|
३३ पटक हेरिएको
Shares
यसो भएमा देउवाले आजै प्रधानमन्त्री छोड्ने

सारांश

  • काठमाडौं, ३० ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रधानमन्त्री पद छोड्न तयार रहेको बताएका छन् ।
  • देउवाले प्रश्न गरेका छन्, “अबको प्रधानमन्त्री को हो ?

काठमाडौं, ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रधानमन्त्री पद छोड्न तयार रहेको बताएका छन् । देउवाले प्रश्न गरेका छन्, “अबको प्रधानमन्त्री को हो ? त्यसको कुनै टुङ्गो छैन । मैले कसलाई छोडेर जाने ?”

कैलाली जिल्लाको गोदावरीमा लाग्ने मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अबको प्रधानमन्त्री को हो भन्ने टुंगो लागेमा आफू आजै सरकार छोड्न तयार रहेको बताएका हुन् । वाम गठबन्धनका कुनै दलले बहुमत नल्याएको र दुबै दलले अबको प्रधानमन्त्री को हो भन्ने पनि टुंगो लगाउन नसकेकाले आफूले सरकार छोड्न नमिलेको दुखेसो पोखे ।

प्रधानमन्त्रीको दुङ्गो नलागेर प्रधानमन्त्री छोडेमा संवैधानिक रिक्तता हुने भएकाले वाध्यताले पनि आफू प्रधानमन्त्रीमा बसिरहनु परेको उनको तर्क थियो । प्रतिनिधि सभाले पूर्णता नपाएको र अबको प्रधानमन्त्री को हो भन्ने टुंगो नभएको बताउँदै देउवाले प्रश्न गरे, “मैले कसलाई छोडेर जाने ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?