बाढीपीडितले १८ वर्षदेखि पाएनन् लालपुर्जा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २७, २०७५
|
|
३१ पटक हेरिएको
Shares
बाढीपीडितले १८ वर्षदेखि पाएनन् लालपुर्जा !

सारांश

  • कावासोती, २७ भदौ ।
  • विभिन्न समयमा नारायणी नदीमा आएको बाढीका कारण विस्थापितहरु अहिले नवलपुरका विभिन्न स्थानमा बसोबास गर्दै आएका छन् ।
  • बाढीका कारण विस्तापित भएसँगै तत्कालिन समयमा विपद् व्यवस्थापन समितिले प्रति घर १० धुरका दरले विभिन्न समयमा विस्थापितहरुलाई जग्गा वितरण गरेको थियो ।

कावासोती, २७ भदौ । विभिन्न समयमा नारायणी नदीमा आएको बाढीका कारण विस्थापितहरु अहिले नवलपुरका विभिन्न स्थानमा बसोबास गर्दै आएका छन् । बाढीका कारण विस्तापित भएसँगै तत्कालिन समयमा विपद् व्यवस्थापन समितिले प्रति घर १० धुरका दरले विभिन्न समयमा विस्थापितहरुलाई जग्गा वितरण गरेको थियो । विसं २०५७ मा विस्थापित भएकाले ती जनताले १८ वर्ष हुदाँ पनि प्रशासनले दश धुरका दरले दिएको जमीनको लालपुर्जासमेत पाउन सकेका छैनन् । यस अघि विसं २०४५ र २०५० मा विस्थापितलाई पनि जिल्लाकै विभिन्न स्थानमा राखिएको छ ।

तर उनीहरुले पनि आफूले बसोबास गरेको जमीनको लालपुर्जा प्राप्त गर्न सकेका छैनन् ।
२०५७ मा विस्थापित साविक कोल्हुवा गाविस नन्दपुरका ९७ घर धुरीमध्ये ९४ घरपरिवारलाई कोल्हुवाटारमा राखियो । जिल्ला प्रशासनको नाममा दुई विगाह ६ कठ्ठा १२ धुरजग्गा खरीद गरी विस्थापितलाई राखिएकोमा यस स्थानमा बस्ने बाढी पीडितले भोगचलन गर्दै आएको प्रशासनले दिएका जग्गा आफ्नो नाममा दर्ताका लागि विसं २०५८ देखि आवाज उठाउँदै आएका छन् ।

तर उनीहरुका आवाज अझै सुनुवाइ भएको छैन । विसं २०५८ पुस २६ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी बिष्णुराज कुसुमको अध्यक्षतामा बसेको जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठकले प्रशासनको नाममा जग्गा खरीद गर्ने निर्णय गरेको थियो । प्रशासनले खरीद गरेको जग्गामा बसोबास गर्दै आएकाहरुको नाममा जग्गा दर्ता गर्न विसं २०६९ चैत्र ४ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले गृहमन्त्रालय विपद् व्यवस्थापन शाखाका लागि निवेदन लेखेको भए पनि त्यस यता गृहमन्त्रालयबाट बाढीपीडितको नाममा जग्गा दर्ताका लागि कुनै पहल नभएको भूमि अधिकार मञ्च नवलपरासीका अध्यक्ष पुर्णबहादुर बोहराले बताए ।

विसं २०६६ माघ २५ मा जिल्लाका विभिन्न समयमा बाढीबाट विस्थापित भएकाहरुको तथ्याङ्कसहित जिल्ला प्रशासन कार्यालय नवलपरासीले गृहमन्त्रालयमा जग्गा दर्ताका लागि पत्र काटेको छ । तर नारायणी नदीबाट विस्थापित परिवारहरुले अझै आफुले भोग चलन गर्दै आएको १० धुर जमीनको लालपुर्जासमेत पाउन सकेका छैनन् । भुूमि अधिकार मञ्चका अध्यक्ष बोहराकाअनुसार यहाँबाट पठाइएका सबै पत्र गृह मन्त्रालयमा र भूमि सुधार मन्त्रालयमा गएर थन्किएका छन् । नारायाणी नदीमा आएको बाढीका कारण पछिल्लो तीन दशकमा सयौँ घर विस्तापित भएका छन् । नवलपुरका हजाराँै विगाह खेतीयोग्य जमीन कटान भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी
पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी
राष्ट्रियसभामा सांसदको प्रश्नः दलित समुदायमाथि अझै विभेद किन ?
राष्ट्रियसभामा सांसदको प्रश्नः दलित समुदायमाथि अझै विभेद किन ?
भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांक सार्वजनिक, नेपालको झिनो सुधार
भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांक सार्वजनिक, नेपालको झिनो सुधार
महेश बस्नेतको शुभकामना, कांग्रेसको छायाँ सरकार ३० वर्ष टिकोस
महेश बस्नेतको शुभकामना, कांग्रेसको छायाँ सरकार ३० वर्ष टिकोस
लोकतन्त्र संस्थागत गर्न निर्वाचन अपरिहार्य भएकाले असहज परिस्थितिमा पनि मतदान
लोकतन्त्र संस्थागत गर्न निर्वाचन अपरिहार्य भएकाले असहज परिस्थितिमा पनि मतदान
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारीका लागि विदेशमन्त्री वाङ आइतबार नेपाल आउँदै
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारीका लागि विदेशमन्त्री वाङ आइतबार नेपाल आउँदै
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज सोमबार, यस्तो छ तपाईंको राशिफल
आज सोमबार, यस्तो छ तपाईंको राशिफल
देउवा आए सापकोटा आएनन्, ओली पेलेरै जाने तयारीमा
देउवा आए सापकोटा आएनन्, ओली पेलेरै जाने तयारीमा
Vast majority of Susta folks have neither citizenship nor land
Vast majority of Susta folks have neither citizenship nor land

तपाईंले छुटाउनुभयो कि?