यात्रु चढिसकेको जहाज दिल्लीमा ६ घण्टा रोकिएपछि…
सारांश
- काठमाडौं – नेपाल वायुसेवा निगम व्यवस्थापन लापरबाही गरी बोइङ भन्दै एयरबसको वाइड बडी जहाज भारतको नयाँ दिल्ली पठाएका कारण उक्त जहाज ६ घण्टासम्म उतै अड्किएको खुलासा भएको छ ।
- नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा निगमको पहिलो वाइड बडी जहाज अन्नपूर्ण बुधबार दिउँसो २ः४० बजे काठमाडौं उडान भर्ने तालिकामा भए पनि त्यसको ६ घण्टासम्म त्यहीँ रोकिएको थियो ।
- निगम व्यवस्थापनले बुधबार आफ्नो लापरबाही ढाकछोप गर्न भारतीय इन्जिनियर अनुपस्थित हुँदा उडान अनुमति पत्रमा हस्ताक्षर गर्न नपाइएको र उडान तीन घण्टासम्म रोकिएर साँझ ६ बजे काठमाडौं अवतरण गरेको जनाएको थियो ।
काठमाडौं – नेपाल वायुसेवा निगम व्यवस्थापन लापरबाही गरी बोइङ भन्दै एयरबसको वाइड बडी जहाज भारतको नयाँ दिल्ली पठाएका कारण उक्त जहाज ६ घण्टासम्म उतै अड्किएको खुलासा भएको छ ।
नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा निगमको पहिलो वाइड बडी जहाज अन्नपूर्ण बुधबार दिउँसो २ः४० बजे काठमाडौं उडान भर्ने तालिकामा भए पनि त्यसको ६ घण्टासम्म त्यहीँ रोकिएको थियो ।
निगम व्यवस्थापनले बुधबार आफ्नो लापरबाही ढाकछोप गर्न भारतीय इन्जिनियर अनुपस्थित हुँदा उडान अनुमति पत्रमा हस्ताक्षर गर्न नपाइएको र उडान तीन घण्टासम्म रोकिएर साँझ ६ बजे काठमाडौं अवतरण गरेको जनाएको थियो ।
तर, निगमकै एक उच्च अधिकारीले एकथरी जहाज भनेर अर्कै पठाउँदा दिल्लीमा वाइड बडी ६ घण्टा रोकिएको जानकारी दिए ।
आजको नागरिक दैनिकमा खबर छ ।
Bhattarai Bin
Samriddhi Dhakal