प्रशान्त तमाङ को देशभक्ति : आमा माथी दमन हुदा चुप लाग्दिन भन्दै दार्जिलिङबासीलाई साथ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ८, २०७४
|
|
१६ पटक हेरिएको
Shares
प्रशान्त तमाङ को देशभक्ति : आमा माथी दमन हुदा चुप लाग्दिन भन्दै दार्जिलिङबासीलाई साथ

सारांश

  • काठमाडौं : सन् २००७ का इण्डियन आइडल अर्थात् थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका प्रशान्त तामाङको मन गोर्खाल्याण्ड आन्दोलनले अशान्त बन्दै गएको छ ।
  • स्थायी घर दार्जिलिङ भएका नेपाली भाषी भारतीय कलाकार तामाङले पछिल्ला दिनमा दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनलाई विषय बनाएर गीत रचना गरिरहेको बताएका छन् ।
  • दार्जिलिङमा हुर्किएका प्रशान्त पछिल्ला दिनमा दिल्ली बसाइँ सरे पनि उनका आफन्त दार्जिलिङमै बस्दै आएका छन् ।

काठमाडौं : सन् २००७ का इण्डियन आइडल अर्थात् थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका प्रशान्त तामाङको मन गोर्खाल्याण्ड आन्दोलनले अशान्त बन्दै गएको छ ।

स्थायी घर दार्जिलिङ भएका नेपाली भाषी भारतीय कलाकार तामाङले पछिल्ला दिनमा दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनलाई विषय बनाएर गीत रचना गरिरहेको बताएका छन् ।

दार्जिलिङमा हुर्किएका प्रशान्त पछिल्ला दिनमा दिल्ली बसाइँ सरे पनि उनका आफन्त दार्जिलिङमै बस्दै आएका छन् । उनले दार्जिलिङसँग आफ्नो आत्मीय सम्बन्ध भएकाले त्यहाँको आन्दोलनको समर्थन नगरी बस्न नसक्ने बताएका छन् ।
गोर्खाल्याण्ड माग गर्दै सुरु भएको आन्दोलनमा बंगाल सरकारले गोली चलाएको र त्यहाँका नागरिकको मृत्यु भएको खबरले आफूलाई पीडा हुने गरेको समेत तामाङ बताएका छन् ।

‘म आज जे छु, त्यो दार्जिलिङ अर्थात् पहाडका मानिसकै कारण भएको हुँ,’  प्रशान्तले भनेका छन्, ‘त्यसैले म गोर्खाल्याण्ड आन्दोलनको समर्थन गर्छु ।’

गोर्खाल्याण्ड आन्दोलनका क्रममा भएका शान्तिपूर्ण प्रदर्शनमा पश्चिम बंगाल सरकारले सेना परिचालन गरेकोप्रति समेत प्रशान्तले आपत्ति जनाएका छन् । उनले दार्जिलिङ युद्धभूमि नभएको र सरकारले बिनाकारण सेना परिचालन गरेकोप्रति उनको आक्रोश छ।

प्रशान्तले बंगाल सरकारप्रति प्रश्न गर्दै भनेका छन्, ‘दार्जिलिङमा किन सेना खटाइएको छ ? के दार्जिलिङ युद्धभूमि हो ? बोर्डर हो ?’

सँगै प्रशान्तले दार्जिलिङका जनतामाथि अर्थात् आम नागरिकमाथि लाठी प्रहार हुनुलाई आफ्नी आमामाथिको दमनको रुपमा लिएको उल्लेख गरेका छन्।‘गोर्खाल्याण्डका लागि जारी आन्दोलन रोकिँदैन’, प्रशान्तले भनेका छन्, ‘ तपाईंकी आमालाई लाठीचार्ज भइरहँदा के तपाइँ चुप लाग्न सक्नुहुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?