यार्सागुम्बु जत्तिकै लाभदायक कोर्डिसेप मिलीटारिस
सारांश
- नेपालमा पाउने थुप्रै कोर्डिसेपका प्रजातिहरूमध्ये कोर्डिसेप मिलीटारिस पनि एक हो ।
- विश्व बजारमा थुप्रै रुपमा उपलब्ध कोर्डिसेप मिलीटारिस, नेपालमा पनि खेति गर्न सुरु गरिएको छ्र ।
- यो खेती बारे नेपालमा अहिले विस्तारै चासो बढ्दै गइरहेको छ ।
नेपालमा पाउने थुप्रै कोर्डिसेपका प्रजातिहरूमध्ये कोर्डिसेप मिलीटारिस पनि एक हो । विश्व बजारमा थुप्रै रुपमा उपलब्ध कोर्डिसेप मिलीटारिस, नेपालमा पनि खेति गर्न सुरु गरिएको छ्र । यो खेती बारे नेपालमा अहिले विस्तारै चासो बढ्दै गइरहेको छ । कोर्डिसेप मिलीटारिस च्याउको एक प्रकार हो, जसमा उल्लेखनीय मात्रामा स्वास्थ्यबर्धक तत्वहरु रहेका छन्।
यसका बिशेषताहरु हिमालमा पाउने कोर्डिसेप सिनेसिस अर्थात् यार्सागुम्बुसँग मिल्न जान्छ । ल्याबमा नियन्त्रीत वातावरणमा उमार्न मिल्ने कोर्डिसेप मिलीटारिसमा कुनै केमिकल प्रयोग गरिदैन । आलु, चामल, ग्लुकोज, इस्टजस्ता सरल कुराहरुको मात्रा मिलाई सेतो र गुलाबी लाइटको सहयोगमा यसलाई उमारिन्छ ।
प्रजातिले च्याउ भए पनि र यसबाट लाभान्वित हुने भएता पनि यसको सेवन गर्नु अघि धेरै कुरा बिचार गर्नु पर्ने हुन्छ्र । यसमा हिमालमा पाउने कोर्डिसेप सिनेसिसमा जस्तै कोर्डीसेपिन, एडेनोंसिन, पोलिसेकाराइड लगायतका तत्वहरु पाइन्छ जुन अरु च्याउहरुमा पाइदैन । त्यसकारण विभिन्न अध्ययनहरुले यसलाई मेडिकल मशरुम पनि भनेका छन् । ल्याबमा उमारिने हुदा अरु च्याउभन्दा महँगो भएपनि हिमाली यार्सागुम्बुको तुलनामा यो निकै सस्तो हुन्छ ।
प्रतिक्रिया