मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार, को–को बने मन्त्री ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १५, २०८०
|
|
२६ पटक हेरिएको
Shares
मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार, को–को बने मन्त्री ?

सारांश

  • जनकपुरधाम ।
  • आज मधेस प्रदेश सरकारले पूर्णता पाएको छ ।
  • मुख्यमन्त्री सरोजकुमार यादवले आज दुई मन्त्री नियुक्त गरेका छन् ।

जनकपुरधाम । आज मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आज दुई मन्त्री नियुक्त गरेका छन् । मधेशमा पाचौंपटक मन्त्रिपरिषद विस्तार भएको हो ।

सोमबार कांग्रेसका मोहमद समिमलाई गृह, सञ्चार तथा कानुन मन्त्री र जनमत पार्टीका चन्दन सिंहलाई श्रम तथा यातायात मन्त्रीमा नियुक्त गरिएको हो । नवनियुक्त मन्त्री द्धयले आजै प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् । यद्यपि, सबै मन्त्रीले जिम्मेवारी भने पाइसकेका छैनन् ।

यसअघि जसपाबाट विना विभागीय मन्त्रीको जिम्मेवारीमा रहेकी सुरिताकुमारी साहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?