ओली नेतृत्वको सरकार माफियासँग मिलेर देश चलाउन खोज्दैछ : अर्याल

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १९, २०७५
|
|
२० पटक हेरिएको
Shares
ओली नेतृत्वको सरकार माफियासँग मिलेर देश चलाउन खोज्दैछ : अर्याल

सारांश

  • माघ १९, काठमाण्डौ ।
  • वरिष्ठ अधिवक्ता ओमप्रकास अर्यालले डा.
  • गोविन्द केसीको २३ दिन लामो अनसनले सरकार र माफियाबीचको सम्बन्ध छर्लङ्ग पारिदिएको दावी गरेका छन् ।

माघ १९, काठमाण्डौ । वरिष्ठ अधिवक्ता ओमप्रकास अर्यालले डा. गोविन्द केसीको २३ दिन लामो अनसनले सरकार र माफियाबीचको सम्बन्ध छर्लङ्ग पारिदिएको दावी गरेका छन् ।

सतही रुपमा हेर्दा केसीको अनसनको उपलब्धि नदेखिए पनि सरकारको स्वार्थ भने सार्वजनिक भएको अर्यालले बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै अर्यालले सरकारले आफैले गरेको सम्झौता पालना नगरेर अमानवीय व्यवहार देखाएको आरोप समेत लगाए ।

प्रधानमन्त्री केपी ओली सम्झौताको उल्टो बाटो हिँडेको अर्यालले बताए । मेडिकल शिक्षा क्षेत्रका माफियाको हितमा प्रधानमन्त्री ओलीले कदम चालेको उनको जिकिर छ ।

“नैतिकता गुमाएपछि जे गरे पनि हुन्छ । कहिले केसीकोल ९५ प्रतिशत माग पूरा भयो भनियो । कहिले केसीले भनेभन्दा १० गुणा बढि माग पूरा गरिएको छ भनियो ।” अर्यालले भने ।

अहिलेको सरकारले माफियासँग मिलेर देश चलाउन खोवजेको अर्यालको तर्क छ । प्रधानमन्त्री ओलीसँग इमान र नैतिकता नभएको भन्दै अर्यालले फासिवादी चरित्र र दम्भ देखाइएको आरोप लगाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?