मनाेरञ्जन समाचार : मलाइका र अर्जुन कपुर विवाह बन्धनमा बाँधिदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार : मलाइका र अर्जुन कपुर विवाह बन्धनमा बाँधिदै

सारांश

  • मुम्बई।
  • विगत केही समयदेखि मलाइका अरोडा र अर्जुन कपुरबीच विवाह हुने चर्चा चलिरहेको छ।
  • उक्त चर्चा अब वास्तविकतामा परिणत हुने देखिएको छ।
मुम्बई। विगत केही समयदेखि मलाइका अरोडा र अर्जुन कपुरबीच विवाह हुने चर्चा चलिरहेको छ। उक्त चर्चा अब वास्तविकतामा परिणत हुने देखिएको छ। भारतीय संचारमाध्यमका अनुसार मलाइका र अर्जुन कपुरबीच हुने भनिएको विवाहको मिति तय भएको छ। भारतीय संचारमाध्यमका अनुसार मलाइका र अर्जुनबीच अप्रिल १९ मा विवाह हुने सम्भावना रहेको छ।
यो जोडी १९ अप्रिलमा क्रिश्चियन रीति–रिवाज अनुसार विवाह बन्धनमा बाँधिने भएका छन्। मलाइका क्रिश्चियन हुन र त्यही अनुसार दुवैले क्रिश्चित परम्परा अनुसार विवाह गर्ने बताइएको छ।
उनीहरुको विवाहमा करीना कपुर खान, करिश्मा कपुर, रणवीर कपुर र दीपिका पादुकोण सहभागी हुने बताइएको छ। करीना–करिश्मा मलाइकाका साथी हुन् भने रणवीर र अर्जुन पनि पुराना साथी हुन्।
केही दिन अगाडि मलाइकाले करण जौहरको च्याट शो ‘कफी विथ करण’ मा अर्जुनकालागि प्रेम दर्शाएकी थिइन्। किरण खेर, मल्लिका दुआ र वीर दाससँग ज्यूरी शोमा सहभागी भएकी मलाइकाले एक प्रश्नको जवाफमा भनेकी थिइन्, ‘मलाइ अर्जुन कपुर धेरै मनपर्छ।’
मलाइका र अर्जुन लामोसमयदेखि डेटिङमा छन्। यद्यपी विवाहको मिति संचारमाध्यममा आएपछि यसको आधिकारिक रुपमा पुष्टि भने भएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?