संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १६, २०८१
|
|
२० पटक हेरिएको
Shares
संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

सारांश

  • काठमाडौं।
  • संघीय संसदको संसदीय सुनुवााई समितिले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ।
  • सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सर्वसम्मतका साथ प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो।

काठमाडौं। संघीय संसदको संसदीय सुनुवााई समितिले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले सर्वसम्मतका साथ प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो। समितिले बुधबार नै राउतको सुनुवाई गरेको थियो।

भदौ ३१ मा बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। त्यस्तै बैठकले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम समेत अनुमोदन गरेको छ। समितिले बुधबार नै यादवको सुनुवाई गरेपछि सर्वसम्मतले अनुमोदन गरिएको समिति सदस्य आनन्दप्रसाद ढंगानाले जानकारी दिए।

त्यसअघि सुनुवाईका क्रममा यादवले नेपालको जलस्रोतको विकासमा अष्ट्रेलियाको लगानी भित्राउने, अष्ट्रेलियासँग शैक्षिक तथा सांस्कृतिक सम्बन्ध पनि सुधार गर्ने लगायतका कार्ययोजना प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?