कालिकोटमा गोली चल्यो : म्यादी प्रहरीको मृत्यु, २ जना घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
कालिकोटमा गोली चल्यो : म्यादी प्रहरीको मृत्यु, २ जना घाइते

सारांश

  • कालिकोट, ७ पुस ।
  • म्यादी प्रहरीले कालिकोटमा गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको ज्यान गएको छ ।
  • प्रहरीको गोली लागेर सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर ५ का विवेक ऐडीको मृत्यु भएको हो ।

कालिकोट, ७ पुस । म्यादी प्रहरीले कालिकोटमा गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको ज्यान गएको छ । प्रहरीको गोली लागेर सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर ५ का विवेक ऐडीको मृत्यु भएको हो ।

प्हरीले गोली चलाउँदा एक बालकसहित अर्का एक म्यादी प्रहरी पनि घाईते भएका छन् । घाईतेको कालिकोटको जिल्ला अस्पतालमा उपचार भईरहेको अस्पतालका अध्यक्ष कृष्णबहादुर सिंहले जानकारी दिए ।

६१ हजार रुपैयाँ दिने भनिएकोमा तीन हजार कतौटी गरी ५८ हजार मात्र दिएको भन्दै म्यादी प्रहरीले सदरमुकाम मान्ममा प्रदर्शन गरेका थिए ।

प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजीसहित कार्यालय तोडफोड गर्न थालेपछि गोली चलाउनु परेको जिलला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई आज सरकारले तोकेको रकम मध्ये ३ हजार कटौती गरी बाँकी तलब दिएर बिदा गरिएको थियो । त्यसपछि ९ सय ७३ जना म्यादी आन्दोलनमा उत्रेका थिए ।

यसो भन्छ घटनाबारे जिल्ला प्रहरी कार्यालय कालिकोट
प्रहरीको गोली लागेर मृत्यु भइसकेको खबर बाहिर आउँदा पनि जिल्ला प्रहरी कार्यालय कालिकोटले भने सामान्य घाइते भएर उपचारको लागि अस्पताल लगिएको बताउँदै आएको छ । प्रहरीका अनुसार घटना दिउँसो ३ बजेतिर भएको हो ।

प्रहरीविरुद्व पर्दशनमा उत्रिएपछि हवाई फायर मात्र गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले बताएको छ । शिखरन्यूज डटकमको कुराकानीमा सेवासुविधा कम भएको भन्दै प्रदर्शनमा उत्रिएपछि हवाई फायर गरिएको एक प्रहरी जवानले बताए ।

प्रहरी र अस्पतालको कुरा फरक–फरक आएपछि अहिले कालीकोटको सदरमुकाम मान्म तनावग्रस्त छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामचन्द्र पौडेलद्वारा देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश
रामचन्द्र पौडेलद्वारा देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश
अध्यक्षको लागि नेविसंघ सिरहामा विवाद
अध्यक्षको लागि नेविसंघ सिरहामा विवाद
सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी, दलका नेता रावल आन्तरिक मन्त्री
सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी, दलका नेता रावल आन्तरिक मन्त्री
धनगढी,बुटवल को ताजा पारीणाम
धनगढी,बुटवल को ताजा पारीणाम
मोदीसँगै अयोध्यामा राम मन्दिरको भुमिपुजन गरेका नृत्यगोपाललाई कोरोना संक्रमण
मोदीसँगै अयोध्यामा राम मन्दिरको भुमिपुजन गरेका नृत्यगोपाललाई कोरोना संक्रमण
नेकपा कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ : स्थायी कमिटी सदस्यको हातमा ओली र प्रचण्डको प्रस्ताव
नेकपा कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ : स्थायी कमिटी सदस्यको हातमा ओली र प्रचण्डको प्रस्ताव
आयोगको चेतावनी, कात्र्तिक ५ गतेभित्र जरिवाना नबुझाए उम्मेदवारी खारेज
आयोगको चेतावनी, कात्र्तिक ५ गतेभित्र जरिवाना नबुझाए उम्मेदवारी खारेज
वामदेवले बर्दियामा किन हारे ? आयो एमालेको छानविन रिपोर्ट
वामदेवले बर्दियामा किन हारे ? आयो एमालेको छानविन रिपोर्ट
नोभा दही ‘बिग तीज, बिग धमाका’, बम्पर प्राइज सुनको गहना, फेसबुक कमेन्टबाट पनि सहभागिता
नोभा दही ‘बिग तीज, बिग धमाका’, बम्पर प्राइज सुनको गहना, फेसबुक कमेन्टबाट पनि सहभागिता
यो जंगलका सबै रुख किन बांगिए  ?
यो जंगलका सबै रुख किन बांगिए ?

तपाईंले छुटाउनुभयो कि?