प्रधानमन्त्री ओलीबाट हा लोङ खाडी भ्रमण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २७, २०७६
|
|
५६ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीबाट हा लोङ खाडी भ्रमण

सारांश

  • काठमाडौं, २७ बैशाख ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँको हा लोङ खाडी भ्रमण गर्नुभएको छ ।
  • प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो खाडी क्वाङ निन्ह प्रान्तको आकर्षक भ्रमण गन्तव्य मानिन्छ ।

काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँको हा लोङ खाडी भ्रमण गर्नुभएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो खाडी क्वाङ निन्ह प्रान्तको आकर्षक भ्रमण गन्तव्य मानिन्छ । हा लोङको अर्थ ओर्लिरहेको ड्रयागन हो ।एक हजार पाँच सय वर्ग्किमीमा फैलिएको सो खाडी एक हजार छ सय सानाठूला चूनढुङ्गाका द्वीपमा छरिएको छ । सन् १९९४ मा युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत यो खाडीमा विविध जैविकता रहेको छ । खाडीका कुवा, भान, बा हाङ, कोङ ताउ र भोङ भिएङ गाउँमा एक हजार छ सय जनसङ्ख्या छ जो माछा र सामुद्रिक जीवहरुमा निर्भर छन् ।
प्रधानमन्त्री ओली भियतनामका प्रधानमन्त्री न्युग्यन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी हाल भियतनाम भ्रमणमा छन् ।

प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सांसद, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी, स्थानीय तहका निर्वा्चित प्रतिनिधि, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोलुखुम्बुमा २० करोड ७१ लाख राजश्व संकलन
सोलुखुम्बुमा २० करोड ७१ लाख राजश्व संकलन
नारायणकाजी श्रेष्ठले राजिनामा दिए तर जिम्मेवारि बाट पन्छिएनन्
नारायणकाजी श्रेष्ठले राजिनामा दिए तर जिम्मेवारि बाट पन्छिएनन्
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा तीव्र गतिका आरोहीप्रति श्रद्धाञ्जलि
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा तीव्र गतिका आरोहीप्रति श्रद्धाञ्जलि
तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा कोही जिवित भेटिएनन्
तेहरानमा दुर्घटनाग्रस्त युक्रेनी विमानमा कोही जिवित भेटिएनन्
निर्वाचन क्षेत्रका लागि ६ अर्ब ६० करोड आवश्यक
निर्वाचन क्षेत्रका लागि ६ अर्ब ६० करोड आवश्यक
अरुण खोलाले डाइभर्सन बगायो, पूर्-पश्चिम राजमार्ग अवरुद्ध
अरुण खोलाले डाइभर्सन बगायो, पूर्-पश्चिम राजमार्ग अवरुद्ध
भारतसँगको व्यापार घाटा नेपालको मुख्य सरोकार : उपाध्याय
भारतसँगको व्यापार घाटा नेपालको मुख्य सरोकार : उपाध्याय
यसै आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत निर्यात गरिन्छः प्रधानमन्त्री दाहाल
यसै आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत निर्यात गरिन्छः प्रधानमन्त्री दाहाल
पतिसँग ‘छुटिएकाे ४ बर्षकाे खुशिमा’ मन्त्री रवीन्द्र अधिकारीले भने– राम्रो भयो !
पतिसँग ‘छुटिएकाे ४ बर्षकाे खुशिमा’ मन्त्री रवीन्द्र अधिकारीले भने– राम्रो भयो !
भारतीय दुतावासले मनायो सेना दिवस, प्रधानसेनापति थापा सहभागी
भारतीय दुतावासले मनायो सेना दिवस, प्रधानसेनापति थापा सहभागी