युक्रेनबाट भारतले नेपालीको पनि उद्दार गर्ने
सारांश
- भारतले युक्रेनमा रहेका आफ्ना नागरिकहरुको धमाधम उद्धार गरिरहेको छ ।
- उसले पोल्यान्ड, हंगेरी, रोमानिया, मोल्डोभाबाट आफ्ना नागरिकलाई उद्धार गरी ल्याइरहेको छ ।
- अपरेशन गंगा नाम दिइएको उद्धारका क्रममा हजारौं भारतीय नागरिक विमानबाट फर्काइने क्रम चलिरहेको छ ।
भारतले युक्रेनमा रहेका आफ्ना नागरिकहरुको धमाधम उद्धार गरिरहेको छ । उसले पोल्यान्ड, हंगेरी, रोमानिया, मोल्डोभाबाट आफ्ना नागरिकलाई उद्धार गरी ल्याइरहेको छ ।
जी न्यूजका अनुसार आज उद्धार गरी ल्याइने भारतीयसँगै नेपाली नागरिक पनि ल्याइनेछन् । आज केही नेपालीहरु उद्धार गरी नयाँ दिल्ली ल्याइने जी न्यूजले उल्लेख गरेको छ ।
युक्रेनमा २ सय भन्दा बढी नेपाली रहेको तथ्यांक प्राप्त भएको छ । उनीहरुको उद्धारका लागि परराष्ट्र मन्त्रालयल पहल गरिरहेको जनाएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया