राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०८०
|
|
४० पटक हेरिएको
Shares
राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टोलीले एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा विजय हासिल गरेकामा बधाई तथा शुभकामना दिएका छन् ।
  • उनले आज शुभकामना सन्देशमार्फत नेपाली क्रिकेट टोली एसिया कपमा छनोट भएकामा खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाई दिएका हुन् ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टोलीले एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा विजय हासिल गरेकामा बधाई तथा शुभकामना दिएका छन् ।

उनले आज शुभकामना सन्देशमार्फत नेपाली क्रिकेट टोली एसिया कपमा छनोट भएकामा खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाई दिएका हुन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा आज सम्पन्न एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा नेपाली टोलीले युनाइटेड अरब इमिरेट्सलाई हराएको हो ।

राष्ट्रपति पौडेलले खेलका क्रममा नेपाली खेलाडीले देखाएको दक्षता, धैर्य, लगनशीलता र अनुशासनको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

राष्ट्रपति पौडेलले भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै उनीहरूले नेपाल र नेपालीको नाम राख्ने विश्वासका साथ आगामी प्रतियोगिताको लागि पनि शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरानमा पुलमुनी सडेको अवस्थामा बच्चाको शव भेटियो
धरानमा पुलमुनी सडेको अवस्थामा बच्चाको शव भेटियो
सार्वजनिक भयो मौद्रिक नीति (पूर्णपाठ सहित)
सार्वजनिक भयो मौद्रिक नीति (पूर्णपाठ सहित)
प्रहरीमा एकैपटक ५०६ जनालाई बढुवा (नाम सूचिसहित)
प्रहरीमा एकैपटक ५०६ जनालाई बढुवा (नाम सूचिसहित)
सन् २०२२ः युक्रेन युद्धले निम्त्याएको न्यून आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीतिको वर्ष
सन् २०२२ः युक्रेन युद्धले निम्त्याएको न्यून आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीतिको वर्ष
१२ जनामा डेङ्गु,डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह
१२ जनामा डेङ्गु,डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह
फोटो खिचिरहेका पत्रकारमाथि एसपी लोहनीको लात्ती!
बिद्युत प्राधिकरणले अघि बढायो सवैभन्दा ठुलो सौर्य परियोजना
बिद्युत प्राधिकरणले अघि बढायो सवैभन्दा ठुलो सौर्य परियोजना
समानुपातिकको परिणाम तत्काल सार्वजनिक नगर्न आयोगलाई कांग्रेसको चेतावनी
समानुपातिकको परिणाम तत्काल सार्वजनिक नगर्न आयोगलाई कांग्रेसको चेतावनी
इपिएल क्रिकेटः इंल्याण्ड यु१९ का कप्तान हाेल्डेन चितवन टाइगर्सबाट खेल्ने !
इपिएल क्रिकेटः इंल्याण्ड यु१९ का कप्तान हाेल्डेन चितवन टाइगर्सबाट खेल्ने !
सप्तरीलाई प्रदेश नम्बर २ को ‘म्याङ्गो जोन बनाउने
सप्तरीलाई प्रदेश नम्बर २ को ‘म्याङ्गो जोन बनाउने