शरीफ पत्नी कुलसुम होसमा, अझै भेन्टिलेटरमा
सारांश
- लण्डन, २१ साउन ।
- पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफकी पत्नी कुलसुम नवाजको स्वास्थ्यमा सामान्य सुधार आएको उनका छोरा हुसेन नवाजले सोमबार बताएका छन् ।
- लण्डनको हार्ली स्ट्रिट क्लिनिकमा क्यान्सरको उपचार गराइराख्नुभएकी कुलसुम अहिले होसमा आए पनि उनलाई अझै भेन्टिलेटरमा राखिएको छ ।
लण्डन, २१ साउन । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफकी पत्नी कुलसुम नवाजको स्वास्थ्यमा सामान्य सुधार आएको उनका छोरा हुसेन नवाजले सोमबार बताएका छन् ।
लण्डनको हार्ली स्ट्रिट क्लिनिकमा क्यान्सरको उपचार गराइराख्नुभएकी कुलसुम अहिले होसमा आए पनि उनलाई अझै भेन्टिलेटरमा राखिएको छ । छोरा हुसेनलाई उद्धृत गर्दै पाकिस्तानी टेलिभिजन सामाले भनेको छ, आमाको स्वास्थ्यमा सामान्य सुधार आएको छ । अहिले उहाँ इशाराले आफ्ना समस्यालाई बताउनसक्न थाल्नुभएको छ । तर उहाँलाई लगाइएको भेन्टिलेटर भने हटाइएको छैन ।
हुसेनका अनुसार एक महिनासम्म कोमामा राखेर उपचार भएपछि गत जुलाई १३ देखि आमाले आँखा खोलेकी छन्। हुसेनले पाकिस्तानी जनतालाई आमाको नाम सम्झेर प्रार्थना गरिदिन अनुरोध गरेका थिए।
कुलसुमको उपचारका लागि पूर्व पाकिस्तानी प्रधानमन्त्री शरीफ र छोरीसमेत लण्डनमा रहँदै आएकोमा एभेनफिल्ड भ्रष्टाचारसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहरिएपछि उनीहरू तोकिएको सजायको व्यतित गर्न केही दिन पहिले पाकिस्तान आउएका थिए ।
पाकिस्तानी विशेष अदालतले गता जुलाई ६ मा शरीफ र मार्याम दुवैलाई भ्रष्टाचार मुद्दामा जेल सजाय तथा जरिवानाको फैसला सुनाएको थियो । जस अनुसार पूर्व प्रधानमन्त्री शरीफले १० बर्ष जेल र ८० लाख पोण्डस्टर्लिङ जरिवाना तथा मार्यामले ८ बर्ष जेल र २० लाख पोण्डस्टर्लिङ जरिवाना तिर्नुपर्नेछ ।
उनीहरू दुवैजना गत जुलाई १३ मा पाकिस्तानी शहर लाहोरमा आइपुगेपछि पक्राउ परेका थिए । अहिले उनीहरूलाई रावलपिण्डीस्थित अडियाला जेलमा राखिएको छ ।
प्रतिक्रिया