युद्धको अप्ठ्यारा दिनमा राजनीतिक र फौजी जटिलता आएमा रोल्पा जान्थें : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
२३ पटक हेरिएको
Shares
युद्धको अप्ठ्यारा दिनमा राजनीतिक र फौजी जटिलता आएमा रोल्पा जान्थें : प्रचण्ड

सारांश

  • रोल्पा विचार, क्रान्ति र परिवर्तनको प्रतीक हो : अध्यक्ष प्रचण्ड काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रोल्पा विचार, क्रान्ति र परिवर्तनको प्रतीक बनेको बताएका छन् ।
  • नेकपा माओवादी केन्द्र रोल्पा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले वर्गसंघर्षको अग्रणी किल्लाको रुपमा रही विचार निर्माण र नेतृत्व निर्माणमा समेत अग्रणी रहेको बताए ।

रोल्पा विचार, क्रान्ति र परिवर्तनको प्रतीक हो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रोल्पा विचार, क्रान्ति र परिवर्तनको प्रतीक बनेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र रोल्पा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले वर्गसंघर्षको अग्रणी किल्लाको रुपमा रही विचार निर्माण र नेतृत्व निर्माणमा समेत अग्रणी रहेको बताए ।

‘नेपालको जनवादी क्रान्तिमा रोल्पाको भूमिका अग्रणी रह्यो भन्ने इतिहाससिद्ध भइसकेको छ । रोल्पाले अग्रणी वर्गसंघर्षको किल्लाको रुपमा विचार निर्माण र नेतृत्व निर्माणमा पनि अग्रणी नै हो भन्ने कुरा सावित भइसकेको छ ।’ अध्यक्ष प्रचण्डले भने, ‘विचार, नेतृत्व र संगठन जनताको बीचमा बलियो विश्वासको सम्बन्ध भयो भने ठूल्ठूला परिवर्तन सम्भव हुँदोरहेछ भन्ने कुराको एउटा प्रमाण हो रोल्पा ।’

जनयुद्धको क्रममा रोल्पा, रुकुम, जाजरकोट, सल्यान र पूर्व पश्चिमका विभिन्न जिल्लाहरुलाई मुख्य केन्द्रीय आधारइलाकाको रुपमा सञ्चालन गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले युद्धको अप्ठ्यारा दिनहरुमा राजनीतिक र फौजी जटिलता आएपछि आफू रोल्पा जाने र त्यहाँका पार्टी कार्यकर्ता र जनतासँग बसेर समस्या समाधान गर्ने गरेको बताए ।

विगतको रोल्पासँगको विश्वासलाई अझ सुदृढ गर्न चाहेको भन्दै प्रचण्डले थपे, ‘शान्तिप्रक्रियामा, संविधान निर्माण प्रक्रियामा र संविधान कार्यान्वयन गर्दै समाजवादतर्फको नितान्त नयाँ युगको यात्रामा पनि हामी यो विश्वासलाई अझ सुदृढ गर्न चाहन्छौं । हाम्रो विचार, नेतृत्व र जनताको सम्बन्धको स्तरलाई अझ बलियो बनाउन चाहन्छौं देशभरिको पनि र मुख्यतः रोल्पाको ।’

रोल्पा एउटा जिल्लाको नाम मात्र नभएको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘रोल्पा विश्वव्यापी नयाँ विचार, नयाँ परिवर्तन, नयाँ पहिचानको प्रतीक हो, यो प्रतीकलाई बनाइराख्न र अझ सुदृढ गर्न हामी सबै एकजुट हुन जरुरी छ ।’
उनले थपे, ‘रोल्पा जसरी परिवर्तनको, क्रान्तिको, विचारको प्रतीक बनेको छ, यसलाई हामी सुदृढ गर्न चाहन्छौं ।’ रोल्पाले राजनीतिक रुपमा विश्वव्यापी पहिचान बनाएको भन्दै प्रचण्डले रोल्पाले राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय आन्दोलनमा पनि महत्वपूर्ण भूमिका स्थापित गरेको उल्लेख गरे ।

अहिले नयाँ र समृद्ध नेपाल बनाउने समाजवादतिरको नयाँ यात्राको आरम्भ गरेको भन्दै अध्यक्ष प्रचण्डले नयाँ तरिकाले अझ धेरै गहिरो अध्ययन, मेहनत र संघर्ष गर्नुपर्ने बताए ।

‘हामीले समाजवादको यात्राको झण्डा उठाएका छौं । पक्कै पनि माओवादी आन्दोलन, पार्टी, नेतृत्व र तपाई रोल्पा रुकुमलगायत देशभरिका क्रान्तिकारी जनतालाई नयाँ क्रान्तिको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ’, उनले थपे, ‘हामी त्यसका निम्ति एक ठाउँमा केन्द्रीत हुन जरुरी छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?