काठमाडौमा मोज गर्नेलाई सरकारको लोप्पा !
सारांश
- काठमाडाै, १० जेठ ।
- उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्व बिद्यालयहरुकोे सम्पर्क कार्यालय खारेज गरिएको छ ।
- शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले बिहिबार (आज) मन्त्री स्तरिय निर्णय गर्दै ११ वटा विश्व विद्यालयका काठमाण्डौं उपत्यका भित्र रहेका सम्पर्क कार्यालय खारेज गरेका हुन ।
काठमाडाै, १० जेठ । उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्व बिद्यालयहरुकोे सम्पर्क कार्यालय खारेज गरिएको छ ।
शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले बिहिबार (आज) मन्त्री स्तरिय निर्णय गर्दै ११ वटा विश्व विद्यालयका काठमाण्डौं उपत्यका भित्र रहेका सम्पर्क कार्यालय खारेज गरेका हुन ।
सम्पर्क कार्यालयहरुको खास भुमिका र प्रभाव नरहेकोले सम्पर्क कार्यालय हटाउने निर्णय गरिएको शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका निजि सचिव पुष्प ढकालले जानकारी दिए ।
उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्व विद्यालयहरुले केन्द्रीय राजधानी काठमाण्डौं ११ वटा विश्व विद्यालयले उपत्यकामा सम्पर्क कार्यालय स्थापना गरेका थिए ।
ऐनमा कुनैंपनि व्यवस्था नभएकोले सम्पर्क कार्यालय तत्काल हटाउन मन्त्री पोखरेलले निर्देशन दिनुभएको ढकालले बताए । आर्थिक मितव्ययिता र कर्मचारी व्यवस्थापनमा सहज गर्नका लागी सम्पर्क कार्यालय खारेजी गरिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया