रतुवा सहित एक जना पक्राउ
सारांश
- डडेल्धुरा, ३१ जेठ ।
- डडेल्धुराको अजयमेरु गाउँपालिका ३ मगराउँ बस्ने ५२ वर्षीय राजबहादुर चन्दलाई लाइसेन्स बिनाका अवैध भरुवा बन्दुक र मारेको रतुवासहित प्रहरीले पक्राउ गरेको छ।
- चन्दले रानीवन गुनपालमा रतुवा मारी बोकेर घरतिर लैजाँदै गर्दा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
डडेल्धुरा, ३१ जेठ । डडेल्धुराको अजयमेरु गाउँपालिका ३ मगराउँ बस्ने ५२ वर्षीय राजबहादुर चन्दलाई लाइसेन्स बिनाका अवैध भरुवा बन्दुक र मारेको रतुवासहित प्रहरीले पक्राउ गरेको छ।
चन्दले रानीवन गुनपालमा रतुवा मारी बोकेर घरतिर लैजाँदै गर्दा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
पक्राउ परेका चन्दका साथबाट रतुवा, १ थान बन्दुक, १ थान खुकुरी, ६ वटा गोली र ११० ग्राम बारुद बरामद गरिएको छ।
मृत रतुवा जिल्ला वन कार्यालयमा बुझाइने र चन्दलाई हातहतियार खरखजाना अन्तर्गत कानुन बमोजिम अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया