बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने

सारांश

  • काठमाडौँ, १५ जेठ – चिकित्सकीय क्षेत्रका अनुसन्धानमा हुने बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने भएका छन् ।
  • हाडजोर्नीसम्बन्धी चिकित्सकको छाता संगठन एओ अलायन्स फाउण्डेशनले काठमाडौँमा गरेको दुई दिने प्रशिक्षणमा चिकित्सकले वर्षौं मेहनत गरी गरेका अनुसन्धानको चोरी हुने क्रम बढिरहेकाले यस्ता कार्य रोक्ने विषयमा छलफल भएको थियो ।
  • बौद्धिक चोरीको विषयमा दण्डीत हुनेदेखि सम्बन्धित व्यक्तिलाई कालोसूचीमा राख्न सकिने कानूनी व्यवस्था भए पनि कार्यान्वयन फितलो भएका कारण अनुसन्धानमा हुने बौद्धिक चोरी रोक्ने विषयमा चिकित्सकले हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता गरेका हुन् ।

काठमाडौँ, १५ जेठ – चिकित्सकीय क्षेत्रका अनुसन्धानमा हुने बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने भएका छन् ।

हाडजोर्नीसम्बन्धी चिकित्सकको छाता संगठन एओ अलायन्स फाउण्डेशनले काठमाडौँमा गरेको दुई दिने प्रशिक्षणमा चिकित्सकले वर्षौं मेहनत गरी गरेका अनुसन्धानको चोरी हुने क्रम बढिरहेकाले यस्ता कार्य रोक्ने विषयमा छलफल भएको थियो ।

बौद्धिक चोरीको विषयमा दण्डीत हुनेदेखि सम्बन्धित व्यक्तिलाई कालोसूचीमा राख्न सकिने कानूनी व्यवस्था भए पनि कार्यान्वयन फितलो भएका कारण अनुसन्धानमा हुने बौद्धिक चोरी रोक्ने विषयमा चिकित्सकले हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता गरेका हुन् ।

कार्यक्रम संयोजक डा रमेशप्रसाद सिंहले चिकित्सकले विभिन्न विषयमा वर्षौं लगाएर गरेको अनुसन्धानलाई कपीपेष्ट (जस्ताको तस्तै सार्ने) चोरी गरी अरुले तथ्यांक राख्ने क्रम बढेकाले यसको अन्त्यका लागि एकबद्ध भएर लाग्नुपर्ने बताए ।

“चिकित्सा क्षेत्रमा हुने अनुसन्धानमा बौद्धिक चोरी धेरै हुने गरेको छ, अरुले दुःख गर्ने तर, केही व्यक्ति यस्ता छन्, जसले अरुले गरेको अनुसन्धानलाई चोरेर आफू प्रतिवेदन पेस गर्दै आएका छन्, यो दुःखद कुरा हो” उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?