महाराष्ट्रमा चार वर्षमा १२ हजार किसानले गरे आत्यमहत्यामुम्बई।

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ८, २०७६
|
|
३७ पटक हेरिएको
Shares
महाराष्ट्रमा चार वर्षमा १२ हजार किसानले गरे आत्यमहत्यामुम्बई।

सारांश

  • भारतको महाराष्ट्रमा २०१५ देखि २०१८ सम्म १२ हजार २१ किसानले आत्यमहत्या गरेका छन्।
  • राज्यका सहकारिता एवं पुनर्वास मन्त्री सुभाष देशमुखले गत शुक्रबार विधानसभामा एक प्रश्नको लिखित जवाफमा यसबीचमा १२ हजार २१ किसानले आत्महत्या गरेकोजानकारी दिएका हुन्।
  • नवभारत टाइम्सको एक रिपोर्टका अनुसार सुभाष देशमुखले सदनमा दिएको जानकारी अनुसार जिल्ला स्तरीय समितिको छानविनपछि २०१५ देखि २०१८ सम्म ती १२ हजार २१ किसानले आत्महत्या गरेका थिए, उनीहरुमध्ये ६ हजार ८ किसान सरकारी सहयोग पाउनकालागि योग्य थिए।

भारतको महाराष्ट्रमा २०१५ देखि २०१८ सम्म १२ हजार २१ किसानले आत्यमहत्या गरेका छन्। राज्यका सहकारिता एवं पुनर्वास मन्त्री सुभाष देशमुखले गत शुक्रबार विधानसभामा एक प्रश्नको लिखित जवाफमा यसबीचमा १२ हजार २१ किसानले आत्महत्या गरेकोजानकारी दिएका हुन्।नवभारत टाइम्सको एक रिपोर्टका अनुसार सुभाष देशमुखले सदनमा दिएको जानकारी अनुसार जिल्ला स्तरीय समितिको छानविनपछि २०१५ देखि २०१८ सम्म ती १२ हजार २१ किसानले आत्महत्या गरेका थिए, उनीहरुमध्ये ६ हजार ८ किसान सरकारी सहयोग पाउनकालागि योग्य थिए।अहिलेसम्म ६ हजार ८४५ किसानका परिगारले एक एक लाख रुपैयाँको आर्थिक सहायता पाएका छन्। मन्त्री सुभाष देशमुखले जनवरीदेखि मार्च २०१९ कोबीचमा ६१० किसानले आत्महत्या गरिसकेका छन्।

आत्महत्याका यी घटनामा जिल्ला स्तरीय समितिको छानविनपछि १९२ किसानका परिवारलाई आर्थिक सहयोगको हकदार घोषणा गरिएको छ। त्यसपछि १८२ परिवारलाई एक एक लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराइएको थियो भने ९६ जनालाई अयोग्य घोषित गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।मन्त्री सुभाष देशमुखले भने–सरकार किसानकालागि ऋण मिहानाको प्रतिवद्धता पूरा गर्छ। ऋणमाफी योजनाबाट अहिलेसम्म ५० लाख किसान लाभान्वित भइसकेका छन्। म किसालाई सरकार तपाइँहरुसँगै रहेको विश्वास दिलाउन चाहन्छु। र किसानलाई आत्महत्या नगर्न अपील गर्न चाहन्छु।’

समाचार एजेन्सी एउनआईका अनुसार राज्यका कृषि मन्त्री अनिल बोंडेले पनि किसानसँग आत्महत्या नगर्न अपील गर्दै भनेका छन्–राज्यमा कृषि संटक भएको सत्य हो। अहिलेसम्म १९ हजार करोड रुपैयाँ किसानको खातामा स्थानान्तरण गरिसकिएको छ। बाँकी किसानलाई पनि ऋण मिनाहाको अवसर प्राप्त हुन्छ।’कांग्रेसको ऋण मिनाहा योजनाप्रति आलोचना गर्दै अनिल बोंडेले भने–राजस्थान र मध्यप्रदेशको तुलनामा हाम्रो किसान ऋण मिनाहा योजनालाई सफलतापूर्वक लागू गरिएको छ।’भारतमा विगत केही वर्षदेखि महाराष्ट्रमा किसानले सबैभन्दा धेरै आत्महत्या गर्ने गरेका छन्। राज्यमा धेरै किसानले आत्महत्या गर्नुको कारण बाली राम्रो नहुनु, खरेडीको मार र सिंचाइको अभाव भएको बताइएको छ।

(https://www.sliderrevolution.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?