चौध दिनपछि खुल्यो कर्णाली कोरिडोर

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १४, २०८०
|
|
१९ पटक हेरिएको
Shares
चौध दिनपछि खुल्यो कर्णाली कोरिडोर

सारांश

  • मान्म ।
  • कर्णाली करिडोरअन्तर्गत खुलालुको पुल मर्मतका लागि चौध दिन बन्द गरिएको करिडोर खुला गरिएको छ ।
  • कालीकोटको खुलालु पुल आसपासको सडक मर्मत गर्नुपर्ने भएकाले गत वैशाख ३० गतेदेखि कर्णाली कोरिडोर बन्द गरिएको थियो ।

मान्म । कर्णाली करिडोरअन्तर्गत खुलालुको पुल मर्मतका लागि चौध दिन बन्द गरिएको करिडोर खुला गरिएको छ । कालीकोटको खुलालु पुल आसपासको सडक मर्मत गर्नुपर्ने भएकाले गत वैशाख ३० गतेदेखि कर्णाली कोरिडोर बन्द गरिएको थियो ।

पुलको आसपासको सडक मर्मत भएपछि कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्ला सडकखण्ड पूर्ण रुपमा सञ्चालन गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए । उनका अनुसार पुलको दक्षिणतर्फको दुई वटा खाल्डा तथा सडक ‘पिसिसी’ प्रविधिबाट मर्मत गरिएको छ ।

“ठूला मालबाहक सवारीसाधन पिसिसी सडकबाटै आउँजाउ गर्न थालेका छन्”, प्रजिअ माझीले भने, “जोखिम ठाउँमा गरिएको पिसिसी प्रविधिबाट मर्मत गरिएकाले छोटो समयमा नै गाडी चलाउन मिलेको हो ।” पुलको आसपासको सडक निकै जोखिम रहेकाले सोलिङ (नयाँ तह लगाएर) र पिसिसी गरिएको उनको भनाइ थियो । पुलको छेउमा रहेका ढुङ्गाका कारण सवारीसाधन दुर्घटनाको जोखिम थियो । प्रजिअ माझीले सवारी दुर्घटना न्यूनीकरणका लागि सडक मर्मत गरिएको बताए ।

सडक डिभिजन कार्यालय जुम्लाले खोलेको ठेक्कामा कुनै निर्माण कम्पनीको ठेक्का नपरेपछि कार्यालयले नै सडक मर्मत गरेको कार्यालय प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको लोकतान्त्रिक आन्दोलनका सहयोगी डी पी त्रिपाठीको निधन
नेपालको लोकतान्त्रिक आन्दोलनका सहयोगी डी पी त्रिपाठीको निधन
अनियमितता पुष्टि भए झुन्डिन तयार छुः कुलमान
एमालेका नेता योगेश भट्टराईमाथि आक्रमणको प्रयास
रातमा कुकुर रोए किन अशुभ हुन्छ ? यस्तो छ धार्मिक विश्वास
रातमा कुकुर रोए किन अशुभ हुन्छ ? यस्तो छ धार्मिक विश्वास
राजावादीहरुलाई बाबुरामको यस्तो चेतावनी
राजावादीहरुलाई बाबुरामको यस्तो चेतावनी
पोखरा मान्द्रेढुङ्गाबाट चिनियाँ पाहुना टोलीले गर्‍यो प्याराग्लाइडिङ
पोखरा मान्द्रेढुङ्गाबाट चिनियाँ पाहुना टोलीले गर्‍यो प्याराग्लाइडिङ
नेपालमा उत्तरकोरियाको जस्तो होइन चाइनाको जस्तो बिकाश गर्ने छ – पुर्बमन्त्रि बस्नेत
नेपालमा उत्तरकोरियाको जस्तो होइन चाइनाको जस्तो बिकाश गर्ने छ – पुर्बमन्त्रि बस्नेत
५ नम्बरबासी साथ दिन्छौं माग पुरा भए पछि बल्ल विश्राम लिन्छौं : बद्री पंगेनी
५ नम्बरबासी साथ दिन्छौं माग पुरा भए पछि बल्ल विश्राम लिन्छौं : बद्री पंगेनी
मुख्यमन्त्री सोडारीले भोलि शुक्रबार विश्वासको मत लिने
मुख्यमन्त्री सोडारीले भोलि शुक्रबार विश्वासको मत लिने
प्रदेश ३ प्रदेश सभा बैठक आज
प्रदेश ३ प्रदेश सभा बैठक आज

तपाईंले छुटाउनुभयो कि?