रविमा शारीरिक समस्या शुरु भएको छ : वरिष्ठ पत्रकार त्रिपाठी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १९, २०७९
|
|
१६ पटक हेरिएको
Shares
रविमा शारीरिक समस्या शुरु भएको छ : वरिष्ठ पत्रकार त्रिपाठी

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमा एक प्रकारको पागलपन शुरु भएको वरिष्ठ पत्रकार तथा घटना र विचार साप्ताहिक एवम् डट कमका प्रधान सम्पादक देवप्रकाश त्रिपाठीले बताएका छन् ।
  • लामिछानेले अचानक र फटाभट भनेझैँ आफूले सोचेबमोजिमको उच्च पद पाएलगत्तै नसोचेको बेला भुईंमा झर्न परेकाले उनको मानस्पटल सन्तुलनमा नरहेको त्रिपाठीले तर्क गरेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमा एक प्रकारको पागलपन शुरु भएको वरिष्ठ पत्रकार तथा घटना र विचार साप्ताहिक एवम् डट कमका प्रधान सम्पादक देवप्रकाश त्रिपाठीले बताएका छन् ।

लामिछानेले अचानक र फटाभट भनेझैँ आफूले सोचेबमोजिमको उच्च पद पाएलगत्तै नसोचेको बेला भुईंमा झर्न परेकाले उनको मानस्पटल सन्तुलनमा नरहेको त्रिपाठीले तर्क गरेका छन् ।

उनले ग्लोबल टिभीसँगको कुराकानीमा उक्त धारणा राखेका छन् । पेट भर्नकै निम्ति मुलुकको नागरिकता छाड्ने गलत मानसिकता २५ वर्ष उमेर नाघेको कुनै पनि मानिसमा आउँछ भने उसको मानसिकता र मनोवृत्ति के होला ? भनेर अनुमान लगाउनुपर्ने त्रिपाठीले भनेका छन् । रवि लामिछानेले नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएको र वर्षौंसम्म अमेरिकामा बसेको सन्दर्भलाई पनि कुराकानीमा सगर्व जोडेका छन् । त्यसैबाट उनी पहिलेदेखि गलत मानसिकता बोकेर हिँडेको अर्थ लगाउन सकिने उनको भनाइ छ ।

नेपाल फर्केपछि पनि उनले गरेका अनेकौं स्टण्ट,पत्रकारिताको आवरणमा गरेको कमाउ धन्दाबारे सर्वसाधारणलाई कुनै जानकारी नभए पनि पत्रकारितामा लागेका सबैलाई रविको उक्त धन्दाको बारेमा पर्याप्त ज्ञान रहेको त्रिपाठी दावी छ । उनले भने, ‘के थियो भन्ने हामीलाई थाहा छ । पैसा कमाउन कसरी लागेका थिए । कसरी ब्ल्याकमेलिङ चल्थ्यो । पत्रकारिता कसरी बदनाम भइरहेको थियो भन्ने कुरो आमसर्वसाधारणलाई थाहा थिएन ।’

उनीहरुलाई रविले राम्रै काम गरेको भान परे पनि प्रवृत्तिको विश्लेषण गर्दा उनको नियत पहिले पनि राम्रो नभएको विश्लेषण त्रिपाठीको छ । अहिलेका घटनाले उक्त प्रवृत्तिलाई उजागर गरिदिएको उनको दावी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?