‘राज्यबाट न्याय पाइनँ, अब जनतासँग न्याय माग्छु।’ नवराज सिलवाल ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
४९ पटक हेरिएको
Shares
‘राज्यबाट न्याय पाइनँ, अब जनतासँग न्याय माग्छु।’ नवराज सिलवाल ।

सारांश

  • प्रहरी महानिरीक्षक आफैलाई बनाउनु पर्ने भन्दै लामो अदालती संघर्ष गरे पनि असफल भएपछि राजीनामा दिएका पूर्व डिआइजी नवराज सिलवालले ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गरेका छन्।
  • एमालेबाट उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले भने, ‘राज्यबाट न्याय पाइनँ, अब जनतासँग न्याय माग्छु।
  • ’ उनले जनताले न्याय दिने र आफू जित्नेमा विश्वस्त रहेको बताए।

प्रहरी महानिरीक्षक आफैलाई बनाउनु पर्ने भन्दै लामो अदालती संघर्ष गरे पनि असफल भएपछि राजीनामा दिएका पूर्व डिआइजी नवराज सिलवालले ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गरेका छन्।

एमालेबाट उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले भने, ‘राज्यबाट न्याय पाइनँ, अब जनतासँग न्याय माग्छु।’

उनले जनताले न्याय दिने र आफू जित्नेमा विश्वस्त रहेको बताए। ‘हिजो देशको शान्तिसुरक्षाका लागि लड्दा राज्यले अन्याय गर्‍यो, अब जनताले न्याय दिन्छन्’, उनले भने।

जनताको सेवा नै आफ्नो लक्ष्य रहेको बताउँदै जनताप्रति आफ्नो पूर्ण भरोसा रहेको जिकिर उनले गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?