राप्रपा कास्कीद्वारा हिन्दुराष्ट्र कायम गर्ने माग सहित ज्ञापन पत्र बुझाइयो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २४, २०७४
|
|
३० पटक हेरिएको
Shares
राप्रपा कास्कीद्वारा हिन्दुराष्ट्र कायम गर्ने माग सहित ज्ञापन पत्र बुझाइयो

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले नेपाललाई हिन्दुराष्ट्र बनाउन माग गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र पेश गरेको छ ।
  • पार्टी कार्यालय नयाँबजारबाट शुरु भएको नेता कार्यकर्तासहितको जुलुसले पृथ्वीचोक, सृजनाचोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश गरेको हो ।
  • राप्रपा कास्कीका अध्यक्ष जयलाल पुनद्वारा हस्तक्षरित ज्ञापनपत्रमा नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने आम नेपाली जनताको चाहना र भावना नयाँ संविधानमा समेटिन नसकेकोले हिन्दुराष्ट्र पुनस्र्थापनाको निमित्त देशव्यापी रुपमा जनस्तरबाट आवाज उठिरहेको, हिन्दु राष्ट्र कायम गर्न राप्रपाले संसदमा संविधान संशोधन समेत दर्ता गरेको तर त्यसतर्फ संसद र प्रमुख राजनीतिक दलहरुले कुनै चासो नेखाएको तथा उक्त विधेयकलाई छलफलमा समेत नल्याइएको बताइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले नेपाललाई हिन्दुराष्ट्र बनाउन माग गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र पेश गरेको छ । पार्टी कार्यालय नयाँबजारबाट शुरु भएको नेता कार्यकर्तासहितको जुलुसले पृथ्वीचोक, सृजनाचोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश गरेको हो । राप्रपा कास्कीका अध्यक्ष जयलाल पुनद्वारा हस्तक्षरित ज्ञापनपत्रमा नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने आम नेपाली जनताको चाहना र भावना नयाँ संविधानमा समेटिन नसकेकोले हिन्दुराष्ट्र पुनस्र्थापनाको निमित्त देशव्यापी रुपमा जनस्तरबाट आवाज उठिरहेको, हिन्दु राष्ट्र कायम गर्न राप्रपाले संसदमा संविधान संशोधन समेत दर्ता गरेको तर त्यसतर्फ संसद र प्रमुख राजनीतिक दलहरुले कुनै चासो नेखाएको तथा उक्त विधेयकलाई छलफलमा समेत नल्याइएको बताइएको छ ।

ज्ञापनपत्रमा धर्मनिरपेक्षताको आडमा योजनाबद्ध र संगठित रुपले लोभलालच, आस र भ्रम सिर्जना गरेर लाखौ नेपालीको धर्म परिवर्तन गराउने कार्य जारी रहेकोले नेपालको धार्मिक सांस्कृतिक पहिचान संकटमा पर्ने खतरा देखिएको तथा सदियौदेखि नेपाली समाजमा कायम रहेको सद्भाव र एकता खलबलिई देशमा धार्मिक द्वन्द बढ्ने सम्भावना बढेकोले नेपालाई हिन्दुराष्ट्र कायम गर्न ज्ञापन पत्र मार्फत आग्रह गरिएको छ । साथै पोखराको पृथ्वीचोकमा राष्ट्रनिर्मार्ता पृथ्वीनारायण शाहको शालिक रहेकोमा उच्छृंखल तत्वहरुबाट तोडफोड गरी हटाइएको र सोही ठाउँमा लखन थापाको शालिक राखिएकोमा पोखराको सडक चापलाई न्यूनिकरण गर्न विभिन्न स्थान लगायत उक्त ठाउँको पनि शालिक भत्काइको र हाल आएर उक्त स्थानमा लखन थापाको नै सालिक राख्ने दवाव सृजना गरिएकोमा समेत आपत्ति प्रकट गरिएको छ ।

यदि सो आइल्याण्ड सानो बनाई शालिक नै राख्ने भएमा विगत समयदेखि सोही ठाउँमा रहेको नेपाल राष्ट्रका निर्माता, नेपाल एकीकरणका अभियन्ता, राष्ट्रका राष्ट्रिय विभूति श्री ५ पृथ्वीनारायण शाहको नै शालिक राखिनु पर्दछ भन्ने आम राष्ट्रवादी देशभक्त, प्रजातन्त्रवादी महानुभावहरुको समेत दवाव रहेको हुँदा सम्मान स्वरुप राष्ट्रिय विभूतिको रुपमा श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको शालिक रहनु पर्दछ भन्ने विभिन्न संघसंस्थाहरुको आवाजलाई समेत मध्यनजर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की जोडदार माग गरिएको छ ।

राष्ट्रिय विभूति र शहिदहरुको शालिक राख्न खोजिएको हो भने कुनै पार्क वा संग्रहालयको खोजी एवं निर्माण गरी सोही ठाउँमा लखन थापाको शालिक पनि राख्ने व्यवस्था गर्न माग गरिएको छ । अन्यथा जुनसुकै कदम चाल्न समेत तयार रहने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी जिम्मेवार निकायले लिनुपर्ने चेतावनी दिइएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सर्वदलीय बैठक बसी उक्त बैठकको निर्णय अनुसार नै कार्य गर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असार १३ गते शनिवारको राशिफल यस्तो छ
असार १३ गते शनिवारको राशिफल यस्तो छ
भारी वर्षाको उच्च जोखिम भएका जिल्लामा रात्रि बस नचलाउन आग्रह
भारी वर्षाको उच्च जोखिम भएका जिल्लामा रात्रि बस नचलाउन आग्रह
दाङमा नेतालाई प्रवेश निषेध, कर नतिर्ने सरकारी कार्यालय समेत ठप्प
दाङमा नेतालाई प्रवेश निषेध, कर नतिर्ने सरकारी कार्यालय समेत ठप्प
Mostbet официальный сайт Сайт конторы Мостбет ставки на спорт онлайн Мостбет букмекерская компания и казино, официальный сай
प्रसिद्ध साहित्यकार भी एस नयपालको निधन
प्रसिद्ध साहित्यकार भी एस नयपालको निधन
बर्थडेपार्टीमा बाेलाएर बलात्कार !
” निजीकरणको नाममा ३८ उद्योग धराशायी” अध्यक्ष ओली
” निजीकरणको नाममा ३८ उद्योग धराशायी” अध्यक्ष ओली
छानबिनकाे लागि गएकाे सिअाइबिमाथि छानबिन गरिने !
छानबिनकाे लागि गएकाे सिअाइबिमाथि छानबिन गरिने !
वित्तीय क्षेत्रमा उल्लेखनीय सुधार भएको अर्थमन्त्रीको दावीमा कत्तिको सहमत हुनुहुन्छ ?
भूकम्पपछिको तेस्रो बर्खा पनि दुखका साथ पालमुनी काट्दैछन् गोरखा भूकम्पका पिडितहरु
भूकम्पपछिको तेस्रो बर्खा पनि दुखका साथ पालमुनी काट्दैछन् गोरखा भूकम्पका पिडितहरु

तपाईंले छुटाउनुभयो कि?