नेपाल श्रीलङ्काको ब्लूमफिल्ड क्लबसँग पराजित

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १०, २०८०
|
|
१९ पटक हेरिएको
Shares
नेपाल श्रीलङ्काको ब्लूमफिल्ड क्लबसँग पराजित

सारांश

  • काठमाडौँ ।
  • श्रीलङ्काको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबसँग नेपाल पराजित भएको छ ।
  •    एसिया कप क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलङ्का पुगेको नेपाल आफ्नो पहिलो अभ्यास खेलमा घरेलु टोली ब्लूमफिल्ड क्लबसँग ६ विकेटले पराजित भएको हो ।

काठमाडौँ । श्रीलङ्काको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबसँग नेपाल पराजित भएको छ ।
  
एसिया कप क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलङ्का पुगेको नेपाल आफ्नो पहिलो अभ्यास खेलमा घरेलु टोली ब्लूमफिल्ड क्लबसँग ६ विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको एक सय ९८ रनको लक्ष्य घरेलु टोली ब्लूमफिल्डले २४ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
  
ब्लूमफिल्डका लागि हसिता बोयागोडाले सर्वाधिक ९० रनको योगदान दिए । उनले ५३ बलमा समान सात चौका र सात छक्काको मद्दतमा ९० रनको योगदान दिएका हुन् । यसैगरी अशान फेनान्डोले ५४ बलमा ६ चौका र दुई छक्काको मद्दतमा अविजित ५६ रन बनाए भने सानदुन विराकोडीले ३१ रन बनाए ।
  
नेपालका लागि सूर्य तामाङ र प्रतिश जिसीले समान दुई÷दुई विकेट झारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९७ रनको योगफल बनाएको थियो ।
  
नेपालका लागि अर्जुन साउदले सर्वाधिक ७९ रनको योगदान दिए । उनले एक सय १३ बलमा चार चौका र तीन छक्काको मद्दतमा ७९ रनको योगदान दिएका हुन् । त्यस्तै सन्दीप जोराले ३१, देव खनालले २२, प्रतिश जिसीले १६, सोमपाल कामी र करण केसीले समान ११÷११ रन जोडे भने पवन सर्राफले १० रन बनाए ।
  
ब्लूमफिल्डका लागि मलिन्डा परेरा, दिनेश समराविक्रम, निमेश थारुणु र विनिनायाकेले समान दुई÷दुई विकेट लिए । अब नेपालले शुक्रबार तामिल युनियनसँग दोस्रो अभ्यास खेल खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनावमा उपेन्द्र यादव ‘सरकार छाडौँ पक्राउ पर्ने डर नछाडौ पार्टी टुक्रिने डर’
तनावमा उपेन्द्र यादव ‘सरकार छाडौँ पक्राउ पर्ने डर नछाडौ पार्टी टुक्रिने डर’
२ अर्बको लागतमा कागज उद्योग स्थापना गर्ने प्रदेश ३ सरकारको तयारी
२ अर्बको लागतमा कागज उद्योग स्थापना गर्ने प्रदेश ३ सरकारको तयारी
असार ८ गते बिहिवारको राशिफल यस्तो छ
असार ८ गते बिहिवारको राशिफल यस्तो छ
पर्यटन मन्त्रीमा मिङ्मा डेविट शेर्पाको नाम तय!
पर्यटन मन्त्रीमा मिङ्मा डेविट शेर्पाको नाम तय!
मनाेरञ्जन समाचार : सबैभन्दा धेरै फिल्ममा अभिनय गरेर विश्वरेकर्ड बनाएका ब्रह्मनन्दमकाे कहानी
मनाेरञ्जन समाचार : सबैभन्दा धेरै फिल्ममा अभिनय गरेर विश्वरेकर्ड बनाएका ब्रह्मनन्दमकाे कहानी
“हिरो अफ भ्वाइस र उत्सर्ग डान्सिङ स्टार”को तुलसीपुर अडिसन भदौ ९ मा
“हिरो अफ भ्वाइस र उत्सर्ग डान्सिङ स्टार”को तुलसीपुर अडिसन भदौ ९ मा
भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्बको बजेट सिलिङ
भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्बको बजेट सिलिङ
भारत–चीन सीमा विवाद : डोकलाममा सैन्य अभियान गर्ने चीनको तयारी
भारत–चीन सीमा विवाद : डोकलाममा सैन्य अभियान गर्ने चीनको तयारी
सरकार मनसुनजन्य विपद्को पूर्वतयारीमा
सरकार मनसुनजन्य विपद्को पूर्वतयारीमा
माघ सात गतेभित्र संसद बैठक नबसे संविधान धरापमा पर्ने
माघ सात गतेभित्र संसद बैठक नबसे संविधान धरापमा पर्ने

तपाईंले छुटाउनुभयो कि?