दाङमा नेतालाई प्रवेश निषेध, कर नतिर्ने सरकारी कार्यालय समेत ठप्प

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
दाङमा नेतालाई प्रवेश निषेध, कर नतिर्ने सरकारी कार्यालय समेत ठप्प

सारांश

  • दाङ, ४ माघ ।
  • सरकारले पाँच नम्बर प्रदेशको राजधानी रुपन्देहीलाई तोकेपछि दाङवासी आक्रोशित र आन्दोलित भएका छन् ।
  • दाङ राजधानी सरोकार समितिको आव्हानमा दाङ बन्द गरिएको छ भने सम्पूर्ण नेताहरुलाई दाङ प्रवेश निषेध, सरकारी कर नतिर्ने र सरकारी कार्यालय समेत ठप्प पार्ने निर्णय गरिएको छ ।

दाङ, ४ माघ । सरकारले पाँच नम्बर प्रदेशको राजधानी रुपन्देहीलाई तोकेपछि दाङवासी आक्रोशित र आन्दोलित भएका छन् । दाङ राजधानी सरोकार समितिको आव्हानमा दाङ बन्द गरिएको छ भने सम्पूर्ण नेताहरुलाई दाङ प्रवेश निषेध, सरकारी कर नतिर्ने र सरकारी कार्यालय समेत ठप्प पार्ने निर्णय गरिएको छ ।

दाङ राजधानी सरोकार समितिले माघ ३ गतेको दिनलाई कालो दिन घोषणा गर्दै घरघरमा कालो झण्डा गाड्ने निर्णय गरिएको छ । सम्पूर्ण नेताहरु तथा सरकारका प्रतिनिधिलाई दाङ प्रवेशमा निषेध, सरकारी कर नतिर्ने र सरकारी कार्यालयहरु ठप्प पार्ने निर्णय गरिएको छ ।

त्यसैगरी अस्पताल बाहेकका सबै सरकारी कार्यालयहरु पूर्णरुपमा बन्द गर्ने, होटलसहित सबै बजार बन्द गर्ने, एम्बुलेन्समा बिरामी हो÷होइन एकिन गरेर मात्र चल्न दिने, अटो, रिक्सा समेत बन्द गर्ने, आसन्न राष्ट्रिय सभाको चुनावलाई प्रभावित पार्ने गरी जिल्लाका सबै जनप्रतिनिधिहरुलाई बन्धक बनाउने जस्ता निर्णयहरु पनि गरिएका छन् ।

बैठकले राजमार्ग केन्द्रित आन्दोलनलाई सशक्त बनाउने र आन्दोलनको स्वरुप कडा बनाउँदै लैजाने निर्णय गरेको छ । समितिको आव्हान अनुरुप दाङका साना–ठूला बजार तथा व्यवसायिक केन्द्रहरु ठप्प भएका छन् । पूर्वपश्चिम राजमार्ग तथा छोटो दूरीका सवारीसाधन ठप्प हुँदा जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Gurung Man

    हैन यो नै अन्तिम निर्णाय हो र ? प्रदेशसभाका निर्वाचित प्रतिनिधिहरुको मतदानको २/३ नै मूल आधार हैन र ? तेत्रो जनतालाई सडकमा उतारेर कुन दुलोमा लुके होला ?

    Comment Author

    Bhavishwor Pandey

    Galat tarika ho bholi arukunai thaukajanatale panitagarna sakaxna

    Comment Author

    Bhavishwor Pandey

    Kina bhalubang bhanera bhandainna

    Comment Author

    Him Chapagain

    नेतालाइ नपिटिकन हुन्न अब

    Comment Author

    Sandip Chalise Sandip Chalise

    Pardes sadurmukam pani khate pate thauma garchanra ke ? je vayo tehi thikai cha (butwal thikaicha ) adi hudaina deuwa sarakarle gareko vane chunab pani vaisakeko feri garaunu parcha

    Comment Author

    Prakash Koirala

    एैक्यवधता छ

    Comment Author

    Nandu Chaudhary

    Kar natire kasko k janxa afnai thauko lagi tirne ho aru lai kehi hudaina

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?