राप्रपा नेता लामाको अन्त्येष्ठि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ९, २०७६
|
|
२८ पटक हेरिएको
Shares
राप्रपा नेता लामाको अन्त्येष्ठि

सारांश

  • काठमाडौं ।
  • पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य सत्यमान लामाको आज बौद्ध धार्मीक परम्परा अनुसार स्वयम्भुमा अन्त्येष्ठि गरिएको छ ।
  • डाइबिटीज र फोक्सोमा इन्फेक्सन देखिएपछि केहीदिन अघि राजधानीको हेल्पीङ हेण्ड्स अस्पतालमा उपचारार्थ भर्ना हुनुभएका नेता लामाको बुधबार विहान १०ः२५ बजे स्वर्गारोहण भएको थियो ।

काठमाडौं । पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य सत्यमान लामाको आज बौद्ध धार्मीक परम्परा अनुसार स्वयम्भुमा अन्त्येष्ठि गरिएको छ । डाइबिटीज र फोक्सोमा इन्फेक्सन देखिएपछि केहीदिन अघि राजधानीको हेल्पीङ हेण्ड्स अस्पतालमा उपचारार्थ भर्ना हुनुभएका नेता लामाको बुधबार विहान १०ः२५ बजे स्वर्गारोहण भएको थियो । पञ्चायतका हस्ती मानीएका लामाको पार्थिव शरिरलाई बुधबार नै बौद्धस्थित तामाङ गुम्बामा राखिएको थियो । उक्त गुम्वाबाट उनको पार्थिव शरिरलाई लामा गुरुहरु, पार्टीका नेता, कार्यकर्ताहरु सम्मिलित शवयात्रासहित दिउँसो १ बजे स्वयम्भु पु¥याइएको थियो ।

शवयात्रा सुरु हुनु पूर्व राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले स्व. नेता लामाको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । स्व. लामाप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टीका वरिष्ठ नेता वालाराम घर्तिमगर, राजनीतिक सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, पार्टी उपाध्यक्ष तोरण बहादुर गुरुङ, महामन्त्री भाष्कर भद्रा लगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, भातृ संगठनका पदाधिकारीहरु बौद्धस्थित तामाङ गुम्वामा पुगेका थिए ।

७४ वर्षको उमेरमा स्वर्गवास हुनुभएका नेता लामाका श्रीमती, २ छोरा र तीन छोरी छन् ।

(https://hopeclinical.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेम्स बोण्ड फिल्ममा प्रयोग भएको कारको लिलामी मुल्य सुन्दा जिब्रो टोक्नु हुन्छ
जेम्स बोण्ड फिल्ममा प्रयोग भएको कारको लिलामी मुल्य सुन्दा जिब्रो टोक्नु हुन्छ
लोन्ली प्लानेटले छान्यो नेपालका उत्कृष्ट पदयात्रा मार्ग
लोन्ली प्लानेटले छान्यो नेपालका उत्कृष्ट पदयात्रा मार्ग
Iran-Iraq border earthquake is deadliest of 2017- More than 400 dead and 7000 injured
Iran-Iraq border earthquake is deadliest of 2017- More than 400 dead and 7000 injured
जनमोर्चाका अध्यक्ष केसीले  निर्वाचनमा १८ लाख १४ हजार खर्च गरे
जनमोर्चाका अध्यक्ष केसीले निर्वाचनमा १८ लाख १४ हजार खर्च गरे
देशभर १९ हजार जना डेंगुबाट संक्रमित
देशभर १९ हजार जना डेंगुबाट संक्रमित
बलिउड संगीतकार रिमीको नेपालीलाई नेपालि सांगीतिक कोशेली
बलिउड संगीतकार रिमीको नेपालीलाई नेपालि सांगीतिक कोशेली
बाहिर जति हल्ला छ त्यस्तो बिवाद युवासंघमा छैन ,अमित लामा  केन्द्रीय सचिवालय सदस्य …
बाहिर जति हल्ला छ त्यस्तो बिवाद युवासंघमा छैन ,अमित लामा केन्द्रीय सचिवालय सदस्य …
ट्रक दुर्घटनामा तीनको मृत्यु
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ:  मुख्यमन्त्री शाही
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ: मुख्यमन्त्री शाही
प्रतिकिलोमिटर ७० पैसामा गुड्छ विद्युतीय सवारीसाधन, प्रयोग किन नगर्ने
प्रतिकिलोमिटर ७० पैसामा गुड्छ विद्युतीय सवारीसाधन, प्रयोग किन नगर्ने

तपाईंले छुटाउनुभयो कि?