‘मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रको निर्वाचन’

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७४
|
|
४१ पटक हेरिएको
Shares
‘मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रको निर्वाचन’

सारांश

  • पोखरा, २२ साउन ।
  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रका निर्वाचन सम्पन्न गर्ने गरी दलबीच छलफल सुरु भएको बताउनुभएको छ ।
  • प्रेस सेन्टर नेपाल प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले आफूहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रमुखबाट मात्र राजनीतिक स्थिरता, समृद्धि र विकास सम्भव भएको कुरा सुरुदेखि नै उठाउँदै आएको उल्लेख गर्नुभयो ।

पोखरा, २२ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रका निर्वाचन सम्पन्न गर्ने गरी दलबीच छलफल सुरु भएको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले आफूहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रमुखबाट मात्र राजनीतिक स्थिरता, समृद्धि र विकास सम्भव भएको कुरा सुरुदेखि नै उठाउँदै आएको उल्लेख गर्नुभयो ।

भरतपुरको निर्वाचनका सम्बन्धमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनको निर्वाचन परिणामलाई सहज रुपमा लिँदै आरोप प्रत्यारोप नगर्न पार्टी कार्यकर्तालाई आग्रह गर्दै एउटा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभएको स्मरण गराउनुभयो ।

नेता दाहालले माओवादीप्रति तराईमा सकारात्मक भावना विकास भएको बताउँदै तराई र पहाडबीचको एकता आवश्यक भएको तर मधेशी राष्ट्रवाद र पहाडी राष्ट्रवाद दुवै राष्ट्रको हितमा नरहेको स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण फिल्म रिलिजपछि सार्वजनिक गरियो ‘हजार जुनीसम्म’को यो गीत
यसकारण फिल्म रिलिजपछि सार्वजनिक गरियो ‘हजार जुनीसम्म’को यो गीत
कोरोनाको संक्रमणबाट जोगिन सतर्कता अपनाऔं, ठूलो भीडमा गएर होली पनि नखेलौं : डा. बास्तोला
कोरोनाको संक्रमणबाट जोगिन सतर्कता अपनाऔं, ठूलो भीडमा गएर होली पनि नखेलौं : डा. बास्तोला
नर्वेको पोस्टमा जर्मनीको गोलको वर्षा
नर्वेको पोस्टमा जर्मनीको गोलको वर्षा
अवैध लागूऔषध चरेससहित चारजना भारतीयसहित ७ जनालाई  सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाद्वारा पक्राउ
अवैध लागूऔषध चरेससहित चारजना भारतीयसहित ७ जनालाई सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाद्वारा पक्राउ
रेडियोधर्मी पदार्थको सम्बन्धमा निर्देशन दिन शक्तिशाली निर्देशक समिति
रेडियोधर्मी पदार्थको सम्बन्धमा निर्देशन दिन शक्तिशाली निर्देशक समिति
आज घटस्थापना, घर घरमा जमरा राखिदै
आज घटस्थापना, घर घरमा जमरा राखिदै
उम्मेदवार टुङ्गो लगाउन काङ्ग्रेस पदाधिकारी बैठक
उम्मेदवार टुङ्गो लगाउन काङ्ग्रेस पदाधिकारी बैठक
नेपाली सिटामोल माघदेखि बजारमा
नेपाली सिटामोल माघदेखि बजारमा
भागरथी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने असईसहितका दुई प्रहरीको बढुवा
भागरथी हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने असईसहितका दुई प्रहरीको बढुवा
​सडकमा आरजु देउवाको आतंक
​सडकमा आरजु देउवाको आतंक