जनमोर्चाका अध्यक्ष केसीले निर्वाचनमा १८ लाख १४ हजार खर्च गरे

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
२४ पटक हेरिएको
Shares
जनमोर्चाका अध्यक्ष केसीले  निर्वाचनमा १८ लाख १४ हजार खर्च गरे

सारांश

  • बाग्लुङ ।
  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गत निर्वाचनमा १८ लाख १४ हजार खर्च गरेका छन् ।
  • प्रतिनिधिसभा सदस्य केसीले निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार १८ लाख १४ हजार खर्च भएकाे जनाएका हुन ।

बाग्लुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गत निर्वाचनमा १८ लाख १४ हजार खर्च गरेका छन् । प्रतिनिधिसभा सदस्य केसीले निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार १८ लाख १४ हजार खर्च भएकाे जनाएका हुन ।

जसअनुसार सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ६० हजार, कार्यालय संचालनमा २ लाख ५० हजार, मतदाता नामावली खरिद, छपाई र फोटोकपीमा ९० हजार, प्रतिनिधि परिचालन खर्च २ लाख ५० हजार खर्च गरेको जनाएका सांसद केसीले प्रचार सामग्रीमा २ लाख १० हजार, सामग्री ढुवानीमा २० हजार, विद्युतीय छापा खर्च ४० हजार खर्च गरेको बिवरण निर्वाचन आयोगलाई बुझाएका हुन् ।

यसैगरी, सामाजिक संजाल खर्च १० हजार र विविध खर्चमा १ लाख ३४ हजारसहित १८ लाख १४ हजार खर्चको बिवरण आयोगलाई बुझाएको केसीको निर्वाचन प्रतिनिधि थानेश्वर सुवेदीले जानकारी दिए । केसी गत मंसिर ४ को निर्वाचनमा बागलुङ–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी सत्तारुढ गठबन्धनका उम्मेदवार थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीले सकभर शक्ति बाँडफाँडमा मनाउने, नभए पेलेरै जाने
ओलीले सकभर शक्ति बाँडफाँडमा मनाउने, नभए पेलेरै जाने
सुरेन्द्र पाण्डेलाई नेकपा प्रचण्ड समूहको महासचिव बनाइने
सुरेन्द्र पाण्डेलाई नेकपा प्रचण्ड समूहको महासचिव बनाइने
संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा
संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा
‘भलिबलको विकासमा सरकारको प्राथमिकता’
‘भलिबलको विकासमा सरकारको प्राथमिकता’
RnR Groups Hosts Spectacular Event Featuring Diverse Talents and Stellar Support
RnR Groups Hosts Spectacular Event Featuring Diverse Talents and Stellar Support
विवेकशील साझाले बझाङ र बैतडीमा उम्मेदवारी घोषणा गर्‍यो
विवेकशील साझाले बझाङ र बैतडीमा उम्मेदवारी घोषणा गर्‍यो
यस्तो बन्दैछ एकीकृत कम्युनिष्ट पार्टी, आयो राजनीतिक प्रतिवेदन
यस्तो बन्दैछ एकीकृत कम्युनिष्ट पार्टी, आयो राजनीतिक प्रतिवेदन
फेसबुकमा गलत सूचना लेख्ने माओवादी सांसदलाई स्पष्टिकरण !
फेसबुकमा गलत सूचना लेख्ने माओवादी सांसदलाई स्पष्टिकरण !
पोखरा प्रिमियर लिग: पोखरा पल्टन दाेस्राे चरणमा प्रवेश
पोखरा प्रिमियर लिग: पोखरा पल्टन दाेस्राे चरणमा प्रवेश
श्रीकृष्ण जन्माष्ठमीको पावन अवसरमा  नमस्ते धनकुटा–२०७४ कार्यक्रम  हुँदै ……
श्रीकृष्ण जन्माष्ठमीको पावन अवसरमा नमस्ते धनकुटा–२०७४ कार्यक्रम हुँदै ……

तपाईंले छुटाउनुभयो कि?