राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै अघि सार्नुका ३ कारण

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २३, २०७४
|
|
२८ पटक हेरिएको
Shares
राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै अघि सार्नुका ३ कारण

सारांश

  • काठमाडौं,  फागुन २३ ।
  • नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
  • मंगलवार बेलुकासम्म बसेको स्थायी समिति बैठकले भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

काठमाडौं,  फागुन २३ । नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । मंगलवार बेलुकासम्म बसेको स्थायी समिति बैठकले भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

राष्ट्रपतिमा पार्टीका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि आकांक्षी देखिनु भएको थियो । बैठकमा खनालको नाममाथि पनि छलफल चले पनि भण्डारीको नाम सर्वसम्मतीले निर्णय गरेको हो ।

भण्डारी नै किन ?
संविधानसभाले संविधान जारी गरेपछि ११ कात्तिक २०७२ मा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति निर्वाचित भण्डारीको कार्यकाल करिव २ वर्ष मात्रै ब्यतीत भएको छ । संक्रमणकालीन राजनीतिक चरणमा राष्ट्रपति भएकाले सामान्यतया ५ वर्षको हुने कार्यकालमा भण्डारीले २ वर्ष मात्रै काम गर्नु भएकाले पनि उहाँलाई नै पूर्ण कार्यकालका लागि राष्ट्रपतिमा अघि सार्ने निर्णय एमालेले गरेको हो । राजनीतिक मेलमिलाप र सामाजिक एकताको दृष्टिले राष्ट्रपति भण्डारीका ब्यवहार सकारात्मक सन्देशकारी बन्न पुगेकाले पनि उहाँलाई नै पुनः अगाडि सार्ने वातावरण बनेको हो ।

दोस्रो कारण भण्डारीले राष्ट्रपति पदको आफ्नो कार्यकाल विवादरहित रुपमा कार्यसम्पादन गरेर विताउनुभयो । राजनीतिक दलहरुबीच विवादित विषयमा पनि पर्याप्त समय लिएर राष्ट्रपतीय भूमिका निर्वाह गर्नुभएकी राष्ट्रपति भण्डारीले संविधानसँग असन्तुष्ट रहेका तराई केन्द्रित दलहरुसँग पनि निरन्तर संवाद गरिरहनु भयो ।

तत्कालीन सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीबाट जारी भएपछि ‘राष्ट्रपतिबाट न्याय पाएको र राष्ट्रपतिले पक्षपातपूर्ण ब्यवहार नगरेको’ अभिब्यक्ति दिनुभएको थियो । तर, नयाँ जनादेश प्राप्त सरकार बनेपछि कामचलाउ सरकारले सिफारिस गरेका राष्ट्रियसभा सदस्यको नाम जनादेश प्राप्त सरकारले फिर्ता गरेपछि भने कांग्रेस राष्ट्रपति विरुद्ध आरोपमा उत्रेको थियो ।

संविधान जारी भएपछि संविधानप्रति असन्तुष्ट रहेका तराई केन्द्रित दललाई राजनीतिको मूलधारबाट बाहिर जान नदिन विशेष भूमिका निर्वाह गर्नु भएकी राष्ट्रपति भण्डारीले त्यसबीचमा प्रमुख दल र तराई केन्द्रित दलबीच सघन संवाद गर्नुभएको थियो ।

एमालेका वैचारिक प्रणेता स्वर्गीय मदन भण्डारीकी जीवन संगिनी समेत रहनु भएकी राष्ट्रपतिको पारीवारिक संरचना पनि जातीय तथा सामुदायिक एकताका लागि प्रेरणादायी बन्न पुग्यो । मधेसी मुलसँग आफ्नो पारीवारिक नाता विस्तार गरी उहाँले त्यस्तो सार्वजनिक सन्देश दिनु भएपछि सर्वत्र प्रशंसा भएको थियो ।

नयाँ राष्ट्रपति चयनका लागि आज बुधबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । विहान १० वजेदेखि उम्मेदवारी दर्ताको समय छ । प्रतिपक्षी दल कांग्रेसले पनि आजै केन्द्रीय कार्यसमितिको बैठक बसी उम्मेदवार तय गर्ने जनाएको छ । फागुन २९ गते राष्ट्रपति पदका लागि मतदान हुनेछ । राष्ट्रपति चुन्न प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरको निर्वाचक मण्डल रहनेछ । जसमा एमाले र माओवादीको वाम गठबन्धन प्रचण्ड बहुमतमा छ । (स्रोत : चक्रपथ डटकम)

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Ganesh Bista

    पहीलो पार्टी प्रति पूर्ण जिम्मेवार।दोस्रो केपी नजीक।र तेस्रो कता जाने अन्यौल

    Comment Author

    Ganesh Bista

    पहीलो पार्टी प्रति पूर्ण जिम्मेवार।दोस्रो केपी नजीक।र तेस्रो कता जाने अन्यौल

    Comment Author

    Govinda Adhikari

    केपि कम्रेडकाे सबै भन्दा नजिकैको भएरनै हाेला ।माैकामा चाैका हान्नु पर्छ कम्रेड दुबै हातमा लड्डु राष्टपति अाफ्नै प्रधानमन्त्री अाफैे ।

    Comment Author

    Shyam Fayal

    Yamaleko tyasmathi pani kp ko biswashilo bhayara matrai ho. Natra rastriya raajnitima kunai yogdan nabhayako manxe chiththa parer matrai rastrapati bhayaki hun.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दलित समुदायको पुख्र्याैली पेशा सङ्कटमा
दलित समुदायको पुख्र्याैली पेशा सङ्कटमा
बैठकले संविधानमा तोकिएभन्दा बढी क्षेत्र कुनै हालतमा बनाउन नहुने-एमाले
बैठकले संविधानमा तोकिएभन्दा बढी क्षेत्र कुनै हालतमा बनाउन नहुने-एमाले
काठमाडौँ उपत्यकामा आजसम्मकै बढी ३०१ जना कोरोना संक्रमित थपिए
कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली
कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली
कम्युनिष्टहरुले मुलुकलाई आर्थिक विकासतिर जान दिँदैनन्ः विश्वप्रकाश
कम्युनिष्टहरुले मुलुकलाई आर्थिक विकासतिर जान दिँदैनन्ः विश्वप्रकाश
गुणस्तरहीन खाद्यान्न बाँड्नेहरुलाई कालोसूचीमा राख्न सर्वोच्चकोआदेश
गुणस्तरहीन खाद्यान्न बाँड्नेहरुलाई कालोसूचीमा राख्न सर्वोच्चकोआदेश
दशैँ नजिकिएसँगै आन्तरिक उडान भरिभराउ
दशैँ नजिकिएसँगै आन्तरिक उडान भरिभराउ
एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न उपसमिति गठन
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न उपसमिति गठन
सलमान खानको इदमा अर्को धमाका
सलमान खानको इदमा अर्को धमाका

तपाईंले छुटाउनुभयो कि?