चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु ।
सारांश
- मंसिर ०२, चितवन ।
- चितवनमा स्क्रब टाइफस रोगबाट थप एकजनाको मृत्यु भएको छ ।
- कार्तिक अन्तिम साता भरतपुर उपमहानगरपालिका २२ निवासी ३५ बर्षकी महिलाको मृत्यु जनस्वास्थ्य कार्यलय चितवनले जनाएको छ ।
मंसिर ०२, चितवन । चितवनमा स्क्रब टाइफस रोगबाट थप एकजनाको मृत्यु भएको छ ।
कार्तिक अन्तिम साता भरतपुर उपमहानगरपालिका २२ निवासी ३५ बर्षकी महिलाको मृत्यु जनस्वास्थ्य कार्यलय चितवनले जनाएको छ । भरतपुरको नारायणी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनस्वास्थ्या कार्यलय, चितवनका भेक्टर कन्ट्रोल नीरीक्षक राम के.सी ले जानकारी बताउनु भयो ।
चितवनमा यो बर्ष मात्रै छ जनाको मृत्यु भएको छ । मुसाको शरीरमा हुने माइट नामक किराले टोकेर यो रोग सर्छ । यो रोगबाट चितवनमा ४७१ जना बिरामी भएका छन ।
सुर्य प्रसाद अधिकारी
शिखरन्युज सम्पादाता
चितवन
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया