क्रिष्टियानो रोनाल्डो र एम्बापेकाे जर्सी नम्बर एउटै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं,११ साउन।
  • यो पटक फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले ७ नम्बर जर्सी विश्वका उत्कृष्ट युवा खेलाडी केलियन एम्बापेलाई प्रदान गरेको छ ।
  • पिएसजी गत सिजन ऋण समझौतामा प्रवेश गरेका एमबापेले २९ नम्बरको जर्सी पाएका थिए।

काठमाडौं,११ साउन। यो पटक फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले ७ नम्बर जर्सी विश्वका उत्कृष्ट युवा खेलाडी केलियन एम्बापेलाई प्रदान गरेको छ । पिएसजी गत सिजन ऋण समझौतामा प्रवेश गरेका एमबापेले २९ नम्बरको जर्सी पाएका थिए। तर, यसै महिना रुसमा सम्पन्न विश्वकपमा उनको उत्कृष्ट प्रदर्शनपछि क्लबमा उनले ७ नम्बरको जर्सी पाएका छन् । यसअघि ब्राजिलका २५ वर्षीय मिडफिल्डर लुकास मोउराले ७ नम्बर जर्सी पहिरिएका थिए ।

मोउरा २०१३ देखि पिएसजीमा आवद्ध थिए । तर, यही जनवरीमा २ करोड ५० लाख पाउन्डमा पिएसजीले इङ्लिस क्लब टोटेनहमलाई बेचेको थियो । एम्बापेको चाहना पनि ७ नम्बर जर्सीमा उत्रिने थियो । १९ वर्षीय एमबापे पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोका ठूला ‘फ्यान’ हुन् । रोनाल्डो पनि ७ नम्बर जर्सीमा उत्रिने गर्छन। पिएसजीले यसै सिजनमा एमबापेलाई विश्वको दोस्रो ठूलो स्थानान्तरणको रुपमा मोनाकोबाट १ सय ६८ मिलियन पाउन्डमा क्लबमा भित्र्याएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?