रुसपछि बेलायतमा धमाधम कोरोनाविरुद्धको खोप

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २३, २०७७
|
|
२५ पटक हेरिएको
Shares
रुसपछि बेलायतमा धमाधम कोरोनाविरुद्धको खोप

सारांश

  • एजेन्सी, २३ मंसिर ; रुसपछि बेलायत कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणलाई लगाउने मुलुक बनेको छ ।
  • आज बेलायतमा ९० वर्षीया वृद्धालाई खोप लगाएर यसको शुरुवात गरिएको हो ।
  • बेलायतले फाइजर बायोनटेकले विकास गरेको कोरोनाविरुद्धको खोपलाई अनुमति प्रदान गरी प्रयोगमा ल्याउन थालेको हो ।

एजेन्सी, २३ मंसिर ; रुसपछि बेलायत कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणलाई लगाउने मुलुक बनेको छ । आज बेलायतमा ९० वर्षीया वृद्धालाई खोप लगाएर यसको शुरुवात गरिएको हो ।

बेलायतले फाइजर बायोनटेकले विकास गरेको कोरोनाविरुद्धको खोपलाई अनुमति प्रदान गरी प्रयोगमा ल्याउन थालेको हो । भ्याक्सिनको ८ लाख डोज चार लाख अति आवश्यकहरुलाई लगाउन शुरु गरिएको हो । पहिलो चरणमा ८० वर्ष कटेकाहरुका अलावा स्वास्थयकर्मीलाई खोप दिन थालिएको छ । बेलायतले भ्याक्सिनलाई अनिवार्य भने बनाएको छैन ।

यसअघि रुसले कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणलाई दिन थालिसकेको छ । रुसले गत हप्ता नै यसको शुरुवात गरेको हो । मस्कोलगायत रुसका विभिन्न भागमा खोप प्रयोगमा ल्याउन थालिएको हो । रुसी जनताले निःशुल्क खोप पाउने जनाइएको छ । त्यहाँ डेढ महिनाभित्र खोप अभियान पूरा गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘परदेशी-२’ को ट्रेलरमा प्रेम, विछोड, खुसी र द्वन्द्व
‘परदेशी-२’ को ट्रेलरमा प्रेम, विछोड, खुसी र द्वन्द्व
सामाजिक सञ्जालमा ‘ठग्स अफ हिन्दोस्तान’को मजाक
सामाजिक सञ्जालमा ‘ठग्स अफ हिन्दोस्तान’को मजाक
इंग्लिस प्रिमियर लिगः एभर्टनमाथिको जीतपछि आर्सनलको शिर्षस्थान कायमै
इंग्लिस प्रिमियर लिगः एभर्टनमाथिको जीतपछि आर्सनलको शिर्षस्थान कायमै
कोभिड–१९ विषयमा सर्वोच्च अदालतमा बैठक शुरु
कोभिड–१९ विषयमा सर्वोच्च अदालतमा बैठक शुरु
प्रतिशोधका कारण भागरथीको बलात्कार पछि हत्या
प्रतिशोधका कारण भागरथीको बलात्कार पछि हत्या
नेकपा निकट पत्रकारलाई पार्टी कार्यालय बोलाएर सम्झाइयो
नेकपा निकट पत्रकारलाई पार्टी कार्यालय बोलाएर सम्झाइयो
विश्वकप फुटबल २०१८: नकअाउट चरणमा यि टिम खेल्दैछन अाज
८८ किलो सुन तस्करी प्रकरण : भरियालाई ४३ करोड जरिवाना, व्यापारी र नेताहरुलाई सफाई
८८ किलो सुन तस्करी प्रकरण : भरियालाई ४३ करोड जरिवाना, व्यापारी र नेताहरुलाई सफाई
शेरबहादुर देउवाद्धारा बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार, १९ मा २ जनामात्रै महिला मन्त्री
शेरबहादुर देउवाद्धारा बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार, १९ मा २ जनामात्रै महिला मन्त्री
जघन्य अपराधका मुद्दा फिर्ता भएको छैन – प्रधानमन्त्रीको सचिवालय

तपाईंले छुटाउनुभयो कि?