हामीहरु घनिष्ठ छौं, तर प्रेममा होइन् :पूजा शर्मा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २९, २०७६
|
|
३४ पटक हेरिएको
Shares
हामीहरु घनिष्ठ छौं, तर प्रेममा होइन् :पूजा शर्मा

सारांश

  • काठमाडौं।
  • अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले एकसाथ तिन चलचित्रमा काम गरिसकेका छन्।
  • ‘रामकहानी’, ‘पोइ पर्यो काले’ र ‘सम्हालिन्छ कहिले मन’ उनीहरुले एकसाथ काम गरेका चलचित्र हुन्।

काठमाडौं। अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले एकसाथ तिन चलचित्रमा काम गरिसकेका छन्।‘रामकहानी’, ‘पोइ पर्यो काले’ र ‘सम्हालिन्छ कहिले मन’ उनीहरुले एकसाथ काम गरेका चलचित्र हुन्। जसमध्ये ‘रामकहानी’ गतवर्ष प्रदर्शनमा आएको थियो भने ‘पोइ पर्यो काले’ आउँदो कात्र्तिक ८ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ। चलचित्रको प्रदर्शन मिति नजिकिएसंगै प्रचारप्रसारमा यी दुईको दौडधुप शुरु भएको छ।कलाकार भएपछि लगातार चलचित्रमा काम गर्नु नौलो कुरा होइन्। तर, पूजा र आकाश प्रेममा रहेको चर्चा बजारमा चल्दै आएको छ।उनीहरु भने यो कुरामा सत्यता नभएको बताउँछन्।

आफूहरुको जोडीलाई दर्शकले माया गरेको हुनाले पनि निर्मातारनिर्देशकले अफर गर्ने र दर्शकहरुमा पनि त्यो सोँच हुनसक्ने उनीहरु बताउँछन्।‘हामीहरुले लगातार चलचित्र गरिरहेका छौं। त्यसैले दर्शकहरुलाई पनि त्यस्तो लागेको हुनसक्छ। हामीहरु घनिष्ट छौं तर प्रेममा भने छैनौं’–पूजा भन्छिन्।आकाश सरल स्वभावको भएका कारण नै आफूहरुको सम्बन्ध लामो समय टिकेको पूजा बताउँछिन्।

‘रामकहानीको सुटिङको शुरुवाती दिनमा त आकाशको कुरा काटेकी थिइन् रे पूजाले। ‘सुटिङको क्रममा २र३ दिन हामी खासै बोलेनौं। यथार्थ भन्दा शुरुमा आकाश मलाई मन परेको थिएन्। टिमका कुरा काटेकी थिए। तर, बोल्दै जाँदा उसको बानी ब्यवहार राम्रो लाग्यो। एकअर्कामा कन्फटेवल तरिकाले बोल्न थाल्यौं’– पूजा भन्छिन्।आकाश पनि पूजाको संगतले आफ्नो कम बोल्ने बानीमा सुधार आएको बताउँछन्।

(https://woodlees.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यो वर्षको होली रंगाऔं “होली रे” संगै
आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपलब्धि
परेको म ब्यहोर्छु, ओली र प्रचण्डको भर परे सखाप हुन्छ भन्दै यसरी नाचे बामदेव
परेको म ब्यहोर्छु, ओली र प्रचण्डको भर परे सखाप हुन्छ भन्दै यसरी नाचे बामदेव
राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता
राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता
नोबेल अस्पतालका डाक्टरद्वारा ७२ बर्षीय  बेवारिसे बिरामी बृद्धको उद्धार
नोबेल अस्पतालका डाक्टरद्वारा ७२ बर्षीय बेवारिसे बिरामी बृद्धको उद्धार
मौद्रिक नीति सार्वजनिक, बैंकदर यथावत्, नीतिगत दर घट्यो (पूर्णपाठसहित)
मौद्रिक नीति सार्वजनिक, बैंकदर यथावत्, नीतिगत दर घट्यो (पूर्णपाठसहित)
प्रधानमन्त्री ओली र मन्त्री पोखरेलको सम्बन्ध चिसिएको साँच्चै चिसियो त!
प्रधानमन्त्री ओली र मन्त्री पोखरेलको सम्बन्ध चिसिएको साँच्चै चिसियो त!
कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने उपायहरु अपनाइयो भने लकडाउनको आवश्यकता नपर्ने : डा पुन
कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने उपायहरु अपनाइयो भने लकडाउनको आवश्यकता नपर्ने : डा पुन
धितोपत्र बजार स् नेप्से १२०० नाघ्यो
धितोपत्र बजार स् नेप्से १२०० नाघ्यो
योजना समयमै कार्यान्वयन गरिने
योजना समयमै कार्यान्वयन गरिने

तपाईंले छुटाउनुभयो कि?