नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ४, २०७७
|
|
२७ पटक हेरिएको
Shares
नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन

सारांश

  • काठमाडौँ, ४ असोज।
  • प्रिमियर इन्स्योरेन्स (PIC) ले बिक्रीमा ल्याएको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयरमा आवेदन गर्ने असोज ४ गते आइतबार अन्तिम दिन रहेको छ।
  • प्रिमियरले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा लएको थियो।

काठमाडौँ, ४ असोज। प्रिमियर इन्स्योरेन्स (PIC) ले बिक्रीमा ल्याएको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयरमा आवेदन गर्ने असोज ४ गते आइतबार अन्तिम दिन रहेको छ। प्रिमियरले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा लएको थियो।

उक्त शेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रतिकित्ता न्युनतम २ हजार ३०० रुपैयाँमा तोकेर प्रतिशपर्धात्मक आवेदन गर्नुपर्नेछ।

बोलपत्र बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय सेन्ट्रल प्लाजा नक्साल, र प्रिमियर इन्स्योरेन्सको केन्द्रिय कार्यालय नारायणचौर नक्सालबाट बुझाउन सकिनेछ।

यस बोलकबोल प्रकृयामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा सहभागी हुन पाउनेछन्। इच्छुक र आवेदन योग्य संस्थाले न्यूनतम १०० कित्तादेखि १० ले भाग जानेगरी अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।(मेरोलागानी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?