रुसले तीनवटा जहाज कब्जा गरेपछि युक्रेन आक्रोशित, तनाव चुलियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
३१ पटक हेरिएको
Shares
रुसले तीनवटा जहाज कब्जा गरेपछि युक्रेन आक्रोशित, तनाव चुलियो

सारांश

  • रुसले क्रिमियाली प्रायद्वीप नजिकै युक्रेनको तीनवटा नौसैनिक जहाज कब्जा गरेपछि दुई देशबीचको तनाव थप चुलिएको छ ।
  • दुई गनबोट र एउटा टगबोटलाई रुसी फौजले कब्जामा लिएको हो ।
  • दुबै देश यस्तो स्थितीका लागि एक–अर्कालाई जिम्मेवार देखाइरहेका छन् ।

रुसले क्रिमियाली प्रायद्वीप नजिकै युक्रेनको तीनवटा नौसैनिक जहाज कब्जा गरेपछि दुई देशबीचको तनाव थप चुलिएको छ । दुई गनबोट र एउटा टगबोटलाई रुसी फौजले कब्जामा लिएको हो । दुबै देश यस्तो स्थितीका लागि एक–अर्कालाई जिम्मेवार देखाइरहेका छन् ।

रुसले युक्रेनको जहाज अजोभ सागरमा गैरकानूनी ढङ्गले आफ्नो जल सीमामा छिरेको आरोप लगाएपछि विवाद उत्पन्न भएको हो । रुसले कर्च स्ट्रेट भनिने ब्ल्याक सी (कृष्ण सागर) लाई सी अफ अजोभ (अजोभ सागर) सँग जोड्ने साँघुरो जलमार्गमा रहेको पुलमुनि ट्याङ्कर राखिदियो ।

सी अफ अजोभ दुवै देशको साझा हो । ब्ल्याक सीबाट त्यहाँ आउनजान कर्च स्ट्रेटको मार्ग प्रयोग गर्नुपर्छ । युक्रेन के भन्छ? युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोले देशको नेशनल सेक्युरिटी एण्ड डिफेन्स काउन्सिलको बैठकमा रुसको कारवाहीलाई सनकले भरिएको कदम बताएका छन् ।

उनले संसदलाई सैनिक कानून लगाउन आग्रह गर्ने बताएका छन् । युक्रेनको सांसदले आज सैनिक कानून लगाउने बारे भोट गर्नेछन् । युक्रेनले जारी गरेको एक बयानमा जहाजका ६ सदस्य घाइते भएको बताएको छ । युक्रेनले मस्कोविरुद्ध अन्तर्राष्ट्रिय कारवाहीको माग गर्दै राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक डाक्न भनेको छ ।

युरोपेली युनियनले रुसलाई कर्च स्ट्रेटमा आवागमनको स्वतन्त्रतालाई कायम राख्न आह्वान गरेको छ । इयुले सबै पक्षलाई तत्काल तनाव मत्थर पार्न पनि आग्रह गरेको छ । उत्तर एटलान्टिक सन्धि संगठन नेटोले पनि संयम रहन अपिल गर्दै सी अफ अजोभमा रहेका युक्रेनी बन्दरगाहरूमा निर्वाध आवागमनमा पहुँच निश्चित गर्न रुसलाई आग्रह गरेको छ। यता रुसले भने युक्रेनी जहाजले उसको जलक्षेत्रमा अतिक्रमण गरेर कियभले आफूलाई उक्साएको आरोप लगाएको छ ।

बीबीसी

(https://www.saasgenius.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?