गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरी हस्तक्षेप

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २६, २०७६
|
|
२० पटक हेरिएको
Shares
गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरी हस्तक्षेप

सारांश

  • काठमाडौं।
  • सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा भेला भएका प्रर्दशनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ।
  • गुठी विधेयकप्रति आपत्ति जनाउँदै आइतबार बिहान काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशनमा उत्रेका प्रर्दशनकारीहरुलाई प्रहरीले पानीको फोहोरासहित धरपक्कड गरेको हो।

काठमाडौं। सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा भेला भएका प्रर्दशनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ।
गुठी विधेयकप्रति आपत्ति जनाउँदै आइतबार बिहान काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशनमा उत्रेका प्रर्दशनकारीहरुलाई प्रहरीले पानीको फोहोरासहित धरपक्कड गरेको हो। धरपक्कडमा परी एक दर्जनबढी घाइते भएका छन्। यसैबीच, प्रर्दशनकारीहरुले सो विधेयक तत्काल फिर्ता नलिए आफूहरु रगतको खोलो बगाउन तयार रहेको चेतावनी दिएका छन्। सामाजिक अभियन्ता भरत जंगम, नेवा देय दबुका अध्यक्ष नरेश ताम्राकार, नेपाल भाषा मंका खलका सचिव नरेशवीर शाक्यले मुलुकको धर्म, संस्कृति र सभ्यता समाप्त हुने गरी सरकारले ल्याएको सो विधेयक फिर्ता नलिए देशभर आन्दोलन चर्काउने चेतावनी दिएका हुन्। गुठी संस्थानलाई खारेज गरेर प्राधिकरण गठन गर्ने सो विधेयकको प्रावधानप्रति उनीहरुको विशेष आपत्ति छ।
दुई तिहाई बहुमतको सरकारले ल्याएको सो विधेयक पारित हुने आशंका गर्दै सरोकारावालाहरुले सो विधेयक खारेज गर्न माग गर्दै गत एक हप्तादेखि विरोध प्रर्दशन गर्दै आएका छन्। उनीहरुले सो विधेयक २ दिन भित्र फिर्ता नलिए सिंगो देशनै ठप्प हुने गरी आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले सांसद सीता गिरीले उम्मेदवारको चुनाव हारिन्, तीन जनाको नाम सिफारिस
एमाले सांसद सीता गिरीले उम्मेदवारको चुनाव हारिन्, तीन जनाको नाम सिफारिस
मन्त्री अधिकारीको शव पोखरामा
मन्त्री अधिकारीको शव पोखरामा
डाक्टर गोविन्द केसीले औषधि लिन मानेनन्, माग पूरा नभए मर्न तयार हुने अडान
डाक्टर गोविन्द केसीले औषधि लिन मानेनन्, माग पूरा नभए मर्न तयार हुने अडान
ओस्कार अवार्ड वितरणका क्रममा भएको ऐतिहासिक गल्तीका लागि ति दुई कर्मचारीलाई आइन्दा काम नदिने
ओस्कार अवार्ड वितरणका क्रममा भएको ऐतिहासिक गल्तीका लागि ति दुई कर्मचारीलाई आइन्दा काम नदिने
स्तरीय उपचार सेवामा मुख्यमन्त्री पाण्डेको जोड
स्तरीय उपचार सेवामा मुख्यमन्त्री पाण्डेको जोड
११ बर्षिया बालक अपहरण: करोडौं रकम फिरौती माग
११ बर्षिया बालक अपहरण: करोडौं रकम फिरौती माग
नुवाकाेटमा बस दुर्घटना, दुईकाे मृत्यु !
अन्तरदेशीय प्रसारण लाइन र पञ्चेश्वर अगाडि बढाइने
अन्तरदेशीय प्रसारण लाइन र पञ्चेश्वर अगाडि बढाइने
विगत पाँच दिनदेखि बन्द सप्तरी खुल्ला !!! मधेसी मोर्चाद्वारा  सप्तरी बन्द फिर्ता !!!
विगत पाँच दिनदेखि बन्द सप्तरी खुल्ला !!! मधेसी मोर्चाद्वारा सप्तरी बन्द फिर्ता !!!
आइतबार सुनको भाउ ह्वात्तै बढ्यो, कतिमा हुदैछ कारोबार
आइतबार सुनको भाउ ह्वात्तै बढ्यो, कतिमा हुदैछ कारोबार

तपाईंले छुटाउनुभयो कि?