पहिरोमा परी एकै घरका तीनजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १२, २०७५
|
|
३१ पटक हेरिएको
Shares
पहिरोमा परी एकै घरका तीनजनाको मृत्यु

सारांश

  • बागलुङ, १२ असार – भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकैघरका तीनजनाको मृत्यु भएको छ ।
  • बरेङ गाउँपालिका–१ का धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, क्षेत्रीकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • घरमै सुतिरहेको बेलामा ठूलो पहिरो खसेको थियो ।

बागलुङ, १२ असार – भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकैघरका तीनजनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१ का धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, क्षेत्रीकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमै सुतिरहेको बेलामा ठूलो पहिरो खसेको थियो । त्यही पहिरोमा पुरिएर ज्यान गएको हो । पहिरोमा पुरिएका मृतक तीनै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय, बरेङको प्रहरी टोली र स्थानीयवासी बिहानैदेखि उद्धारमा खटिएका थिए । घरसँगै गोठ पनि पहिरोले बगाएको जनाइएको छ । मृतक क्षेत्रीका दुई छोरी भने पढाइको सिलसिलामा बाहिर रहेको बुझिएको छ ।

रातभर परेको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि ठूलो भौतिक क्षति पु¥याएको छ । बरेङ गाउँपालिकाका–२ हुग्दीशिरको ब्राहकोट प्रावि पहिरोले क्षतिग्रस्त बनेको जनाइएको छ ।

यस्तै, हुग्दीखोलामा आएको बाढीले कैयौँ रोपनी खेत बगरमा परिणत भएको स्थानीयवासी प्रकाश छन्त्यालले बताउनुभयो । जिल्लाभर भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग अवरुद्ध

यसैगरी, भिषण वर्षापछि गएराति गएका पहिराले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेको छ ।

गलकोट नगरपालिका–७ को बाँस्खोला, आँगाखेत र वडा नं ३ हटियामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध बनेको हो । जिल्लाको पश्चिम भेगबाट छोटो तथा लामो दूरीमा चल्ने यातायात रोकिएको जनाइएको छ । गलकोट क्षेत्रका अधिकांश ग्रामीण सडक पनि पहिराले अवरुद्ध बनेको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेन्द्र साहलाई सिंहदरवारको फोहोर उठाउन सर्वोच्चको आदेश
बालेन्द्र साहलाई सिंहदरवारको फोहोर उठाउन सर्वोच्चको आदेश
थाहा पाउनुस् आगामी ३ दिनको मौसम
थाहा पाउनुस् आगामी ३ दिनको मौसम
आयल निगमले भुक्तानी गर्यो आईओसीको २४ अर्ब बक्यौता रकम
आयल निगमले भुक्तानी गर्यो आईओसीको २४ अर्ब बक्यौता रकम
मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
मोरङको सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
सूचना प्रविधिको माध्यमबाट समृद्धितर्फको यात्रामा अघि बढ्न सकिन्छ : मन्त्री शर्मा
सूचना प्रविधिको माध्यमबाट समृद्धितर्फको यात्रामा अघि बढ्न सकिन्छ : मन्त्री शर्मा
भोलि किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ?
भूकम्प प्रभावित जिल्ला लमजुङमा ३२ महिनापछि पुनर्निर्माण कार्यालय स्थापना
भूकम्प प्रभावित जिल्ला लमजुङमा ३२ महिनापछि पुनर्निर्माण कार्यालय स्थापना
किन बिग्रन्छ सानैमा दाँत ?
किन बिग्रन्छ सानैमा दाँत ?
बर्दिबासमा ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या प्रकरण : शव सहमति बिनै पोष्टमार्टमका लागि जनकपुर लगियो
बर्दिबासमा ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या प्रकरण : शव सहमति बिनै पोष्टमार्टमका लागि जनकपुर लगियो
विवाहिताहरुले मात्र मान्ने पर्व !
विवाहिताहरुले मात्र मान्ने पर्व !

तपाईंले छुटाउनुभयो कि?