गैरसरकारी संघसंस्थाले परिणाममुखी काम गर्नुपर्छ : राष्ट्रपति भण्डारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
३८ पटक हेरिएको
Shares
गैरसरकारी संघसंस्थाले परिणाममुखी काम गर्नुपर्छ : राष्ट्रपति भण्डारी

सारांश

  • काठमाडौँ ।
  •  राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसरकारी संघ संस्थाले सार्थक परिणाम आउने गरी जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ ।
  • अठतीसौँ सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा गैरसरकारी संघसंस्थाले निष्पक्ष, पारदर्शी र जवाफदेहीपनलाई व्यवहारमा उतारेर सार्थक परिणाम आउने गरी काम गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसरकारी संघ संस्थाले सार्थक परिणाम आउने गरी जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ ।

अठतीसौँ सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा गैरसरकारी संघसंस्थाले निष्पक्ष, पारदर्शी र जवाफदेहीपनलाई व्यवहारमा उतारेर सार्थक परिणाम आउने गरी काम गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

“गैरसरकारी संस्थाको संख्यात्मक वृद्धिसँगै गुणात्मक पक्षलाई आत्मसाथ गर्दै संघसंस्थालाई निश्चित आधारमा वर्गीकरण गर्ने, गरेका कामको प्रभावकारी अनुगमन गर्ने, संस्थाका गतिविधि र उपलब्धि सार्जजनिक गर्ने, तिनको कामलाई संस्थागत गर्ने गर्नुपर्दछ”–राष्ट्रपति भण्डारीले भन्नुभयो ।

राष्ट्रपति भण्डारीले ‘सेवा नै धमै हो’ भन्ने समाजमा प्रचलित, लोकप्रिय उक्तिलाई आत्मसाथ गरी सामाजिक सेवाको क्षेत्रमा सक्रिय रूपमा संलग्न हुन सबैलाई आग्रह गर्नुभयो ।

वृद्धवृद्धा हेरचाह, बालबालिका संरक्षण, शिक्षादीक्षा, राहत तथा उद्दार जस्ता परोपकारी कार्यमा सरकारका विभिन्न निकायद्वारा गठित र संरक्षित संघसंस्थाको भूमिकालाई थप परिणामुखी बनाउन नियमन तथा अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।

सामाजिक क्षेत्रको विकासमा गैरसरकारी संस्थाबाट गरिएको योगदान सरहानीय रहेको बताउँदै उहाँले गैरसरकारी संस्था उद्धार, कल्याण, आयआर्जन, सामुदायिक विकास सचेतना र आर्थिक तथा सामाजिक सशक्तीकरण र रूपान्तरणका क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन गरी आफ्नो भूमिकालाई आम जनसमुदायसम्म पु¥याउन सफल भएको उल्लेख गर्नुभयो ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव प्रेमबहादुर राईले सामाजिक सेवामा आवद्ध सामाजिक संघसंस्था पारदर्शी हुनुपर्छ भन्नुभयो ।

परिषद्का उपाध्यक्ष लीलामणि बरालले समयसापेक्ष बनाउन समाज कल्याण ऐन २०४९ को सट्टा नयाँ ऐन ल्याउने तयारी गरिएको जानकारी दिनुभयो ।

परिषद्ले यस वर्षको ‘तुलसी मेयर समाज सेवा पुरस्कार’ एबिसी नेपाल नामक संस्थालाई प्रदान गरेको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ ।

त्यसैगरी ‘समाज सेवा पुरस्कार–२०७४’ समाजसेवी शान्ता श्रेष्ठ, संगीता पन्त र विद्याकर खतिवडालगायत सात जनालाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु २१ हजार रहेको छ ।

कार्यक्रममा समाज सेवामा योगदान पु¥याएबापत विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिएको थियो । ‘शान्ति र सम्बृद्धि सबैको चाहना, सामाजिक सेवामा निःस्वार्थ भावना’ भन्ने मूलनाराका साथ परिषद्ले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी सामाजिक सेवा दिवस मनाएको छ ।

समाजको सर्वाङ्गीण विकासको लागि सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपमा पछि परेका वर्ग, समुदाय, जाति, लिङ्ग तथा भूगोलका जनसमुदायलाई सेवा पु¥याउने, आर्थिक एवं सामाजिक रूपमा सक्षम बनाउने र समाज सेवासँग सम्बन्धित विभिन्न क्रियाकलापलाई राज्यले निर्दिष्ट गरेको विकास निर्माण कार्यसँग आवद्ध गराउने उद्देश्यले २०३४ सालमा समाज कल्याण परिषद्को स्थापना भएको हो ।

परिषद्ले हाल सामाजिक क्षेत्रमा कार्यरत सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समन्वय, सम्झौता, तिनका कार्यक्रमको सुपरीवेक्षण, अनुगमन, मूल्यांकन र कार्यक्रमको सहजीकरणको जिम्मेवारीसमेत बहन गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जालमा यो फोटोले मच्चायो हंगामा : सेयर गर्नेको ठूलो जमात
सामाजिक सञ्जालमा यो फोटोले मच्चायो हंगामा : सेयर गर्नेको ठूलो जमात
क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमणपछि दम्पत्ति क्वारेन्टाइनमा
क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमणपछि दम्पत्ति क्वारेन्टाइनमा
सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारो अवस्थामा छ : गृहमन्त्री श्रेष्ठ
सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारो अवस्थामा छ : गृहमन्त्री श्रेष्ठ
उपत्यकामा नौ जना संक्रमित थपिए, एक हजार ७०५ जना डिस्चार्ज
इराकमा पनि कम्युनिष्ट सरकार, रातो झन्डामा सजिए बुर्कावाली महिला
इराकमा पनि कम्युनिष्ट सरकार, रातो झन्डामा सजिए बुर्कावाली महिला
ग्रेटर नेपालका अभियन्ताले गरे पूर्वराजालाई प्रश्नः फेसबुकमा चेतावनी !
ग्रेटर नेपालका अभियन्ताले गरे पूर्वराजालाई प्रश्नः फेसबुकमा चेतावनी !
साङ्लोले बाँधेर राखिएका युवकको उद्धार
साङ्लोले बाँधेर राखिएका युवकको उद्धार
एकता बारे निर्णायक वार्ताका लागि प्रचण्ड बालुवाटारमा !
लुम्बिनीमा प्रदेशमा कांग्रेस र माओवादीले सरकारको नेतृत्व आलोपालो गर्ने
लुम्बिनीमा प्रदेशमा कांग्रेस र माओवादीले सरकारको नेतृत्व आलोपालो गर्ने
यि ३ मध्य कस्को पोल्टामा प्रधान न्यायाधीशको पद ?
यि ३ मध्य कस्को पोल्टामा प्रधान न्यायाधीशको पद ?