रेशम चौधरीले शपथ लिएमात्रै राजपा सरकारमा जाने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २९, २०७५
|
|
२८ पटक हेरिएको
Shares
रेशम चौधरीले शपथ लिएमात्रै राजपा सरकारमा जाने

सारांश

  • काठमाडौं, २९ जेठ ।
  • मधेस आन्दोलनको सहयात्री संघीय समाजवादी फोरम केन्द्रको सरकारमा सहभागी भएपछि राष्ट्रिय जनता पार्टीभित्र सरकारमा जाने कि दिएको समर्थन फिर्ता लिने भनेर व्यापक बहस सुरु भएको छ ।
  • राजपाले यतिबेला आफ्नो पार्टी सरकारमा जानका लागि सांसद रेशम चौधरीको शपथग्रहण हुनुपर्ने माग तेस्र्याएको छ ।

काठमाडौं, २९ जेठ । मधेस आन्दोलनको सहयात्री संघीय समाजवादी फोरम केन्द्रको सरकारमा सहभागी भएपछि राष्ट्रिय जनता पार्टीभित्र सरकारमा जाने कि दिएको समर्थन फिर्ता लिने भनेर व्यापक बहस सुरु भएको छ । राजपाले यतिबेला आफ्नो पार्टी सरकारमा जानका लागि सांसद रेशम चौधरीको शपथग्रहण हुनुपर्ने माग तेस्र्याएको छ ।

प्रदेश २ मा फोरमसहित मिलेर बनाएको आफ्नो सरकार एकातिर, केन्द्रमा चाहिँ आफू अर्कातिर भएपछि कुरा चलेको थियो, अब प्रदेशमा पनि राजपाबाहेकको सरकार बन्छ । यसलाई हल्ला भन्दै राजपाको अध्यक्षमण्डलले केही दिनअघि विज्ञप्ति नै जारी गरेर फोरम केन्द्र सरकारमा गए पनि प्रदेश सरकार कायमै रहने र त्यसले निरन्तरता पाउन दावी गरेको थियो ।

पछिल्लो समय राजपालाई पनि सरकारमा सहभागी हुन सत्तारुढ दल नेकपाले आग्रह गरेको छ । यद्यपि राजपाले भने सांसद रेशम चौधरीको शपथग्रहण हुनुपर्ने अडानमा रहेको आजको कान्तिपुरमा समाचार छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Kc Ganesh

    रेशम चौधरी को सजाय सिटमा राजेन्द्र महत्व लाई राखेर रेसम लाई निकाले भयो नि ,राजेन्द्र महत्वले उल्क्यार आन्दोलन गरायर प्रहरी र बच्चा मराको हो नि ।

    Comment Author

    Gobinda Neupane

    अब यहि दिन देख्न त बाकी थियो नि यी जंगली ज्यानमारा,हत्यारा अपराधी हरुबाट।

    Comment Author

    Chamlagai Sovitkc

    हाहा,,,, राजपाले पासो थाप्यो ,,

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?