वृद्धाश्रमलाई पुर्खाको पवित्र थलोका रुपमा विकास गर्ने – नगरप्रमुख

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
वृद्धाश्रमलाई पुर्खाको पवित्र थलोका रुपमा विकास गर्ने – नगरप्रमुख

सारांश

  • तुलसीपुर, दाङ, २५ फागुन,तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर–१२, रझेनामा रहेको केशव झुपा वृद्धाश्रमलाई पुर्खाको पवित्र थलोका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
  • बिहीबार रझेनास्थित वृद्धाआश्रमको स्तरोन्नतिका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन समारोहलाई सम्बोधन गर्दे पाण्डेले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
  • नगरप्रमुख पाण्डेले वृद्धाश्रमको स्तरोन्नतिका लागि उपमहानगरपालिकाले गर्नसक्ने जुनसुकै सहयोग गर्न आफू तत्पर रहेको पनि बताउनुभयो ।

तुलसीपुर, दाङ, २५ फागुन,तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर–१२, रझेनामा रहेको केशव झुपा वृद्धाश्रमलाई पुर्खाको पवित्र थलोका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बिहीबार रझेनास्थित वृद्धाआश्रमको स्तरोन्नतिका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन समारोहलाई सम्बोधन गर्दे पाण्डेले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

नगरप्रमुख पाण्डेले वृद्धाश्रमको स्तरोन्नतिका लागि उपमहानगरपालिकाले गर्नसक्ने जुनसुकै सहयोग गर्न आफू तत्पर रहेको पनि बताउनुभयो । “यो ठाउँलाई ज्येष्ठ नागरिकका लागि पवित्र र नमूना थलोका रुपमा विकास गर्न मेरो तर्फबाट कुनै कसर बाँकी राख्ने छैन,” उहाँले भन्नुभयो ।

केशव झुपा वृद्धाश्रमको भौतिक पूर्वाधार निर्माण गर्नका लागि आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सक्दो सहयोग गर्न वृद्ध सेवा समितिका अध्यक्ष तथा मूल आयोजक समितिका सयोजंक खुमानन्द अधिकारीले सबैलाई आग्रह गर्नुभएको छ ।

सो अवसरमा आफ्ना बुबाआमाको स्मृतिमा वृद्धाश्रम निर्माण गर्नका लागि दुई बिगाहा जग्गादान गर्ने दानवीर नारायणप्रसाद गौतम र शान्ता गौतमलाई सम्मान गरिएको थियो ।

महायज्ञ उद्घाटन हुनुपूर्व शोभायात्रा पनि निकालिएको थियो । महायज्ञको कथा वाचकमा रवीन्द्रकृष्ण अधिकारी रहनुभएको छ भने महायज्ञ फागुन ३० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय  निर्वाचन. कांग्रेसको’अस्तित्वको लडाइँ’ …………
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचन. कांग्रेसको’अस्तित्वको लडाइँ’ …………
चिनियाँ राष्ट्रपतिको स्वागतमा आइतबार बिदा
चिनियाँ राष्ट्रपतिको स्वागतमा आइतबार बिदा
संजय दत्तकी छोरीको ब्वाइफ्रेण्डको निधन
संजय दत्तकी छोरीको ब्वाइफ्रेण्डको निधन
भदौ २२ गते सोमवारको राशिफल यस्तो छ
भदौ २२ गते सोमवारको राशिफल यस्तो छ
कालीगण्डकीको अस्तित्वलाई बचाउन राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा
कालीगण्डकीको अस्तित्वलाई बचाउन राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा
टीकापुरमा महिला भर्सेस महिलाः पुरुषभन्दा नरम प्रतिस्पर्धा !
टीकापुरमा महिला भर्सेस महिलाः पुरुषभन्दा नरम प्रतिस्पर्धा !
धादिङमा माओवादीले प्रदेशसभाबाट खाता खोल्यो, जगत सिंखडा विजयी
धादिङमा माओवादीले प्रदेशसभाबाट खाता खोल्यो, जगत सिंखडा विजयी
काँग्रेसले क्रियाशील सदस्यता आठ लाख पुर्याउँदै
काँग्रेसले क्रियाशील सदस्यता आठ लाख पुर्याउँदै
सरकारले बजेट ल्याउन नसक्नुमा देउवाको दोष–ओली
पर्यटन क्षेत्रको जिम्मेवारी लिन पार्टीमा कुरा गरिसकें : सांसद सापकोटा
पर्यटन क्षेत्रको जिम्मेवारी लिन पार्टीमा कुरा गरिसकें : सांसद सापकोटा

तपाईंले छुटाउनुभयो कि?