भूकम्प र सुनामीमा परी ज्यान गुमाउनेकाे सङ्ख्या १४ सय !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
४५ पटक हेरिएको
Shares
भूकम्प र सुनामीमा परी ज्यान गुमाउनेकाे सङ्ख्या १४ सय !

सारांश

  • जकार्ता, १७ असोज ।
  • इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या एक हजार ४०० पुगेको छ ।
  • यस भूकम्पमा फसेका व्यक्तिहरुको जिवीतै उद्धार गर्ने सम्भावना भने कम हुदै गएको संयुक्त राष्ट्रसघले जानकारी दिएको छ ।

जकार्ता, १७ असोज । इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या एक हजार ४०० पुगेको छ । यस भूकम्पमा फसेका व्यक्तिहरुको जिवीतै उद्धार गर्ने सम्भावना भने कम हुदै गएको संयुक्त राष्ट्रसघले जानकारी दिएको छ । भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार ४०७ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोले बुधबार बताउनुभएको छ ।

इन्डोनेसियाको तटीय सहर पालुमा शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्पबाट एक हजार ४०७ व्यक्तिको मृत्यु भईसकेको यहाँको प्रकोप नियन्त्रण निकायले जानकारी गराएको छ । इन्डोनेसियामा गएको भूकम्पको कारण तटीय क्षेत्रमा रहेको पालु शहर बढी प्रभावित भएको छ । यस भूकम्पको कारण करिब २ लाख व्यक्तिलाई मानवीय सहयोगको आवश्यता परेको र त्यसमा हजारौँ बालबालिका रहेका छन् ।

भूकम्पबाट ६६ हजार घर क्षतिग्रस्त भएको बताइएको छ । आंशिक रुपमा क्षति पुगेका घरको सङ्ख्या हजरौँ रहेको बताइएको छ । क्षतिको विवरण सङ्कलन भइरहेकोले यसको यकिन विवरण आइसकेको छैन । यसैवर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्नीच्यूडको भूकम्प र सुनामीका कारण एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजी क्षेत्रका पम्प सञ्चालकहरुद्वारा मंगलबारदेखि पेट्रोलको बिक्री बितरण बन्द
निजी क्षेत्रका पम्प सञ्चालकहरुद्वारा मंगलबारदेखि पेट्रोलको बिक्री बितरण बन्द
नेकपाभित्र विवाद, कारण प्रधानमन्त्री अाेलिकि ‘साली’
नेकपाभित्र विवाद, कारण प्रधानमन्त्री अाेलिकि ‘साली’
यार्सागुम्बा सहित पक्राउ
यार्सागुम्बा सहित पक्राउ
मुख्यमन्त्री थापाको बर्खास्तीको माग गर्दै दायर भएको रिटको सुनुवाइ सकियो
मुख्यमन्त्री थापाको बर्खास्तीको माग गर्दै दायर भएको रिटको सुनुवाइ सकियो
कांग्रेसले अराजक कार्यकर्तालाई कारबाही गर्ने
कांग्रेसले अराजक कार्यकर्तालाई कारबाही गर्ने
चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ; आठ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी
चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ; आठ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी
नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन : गृहमन्त्री थापा
नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन : गृहमन्त्री थापा
औद्योगिक वातावरण बनाउनु सरकारको लक्ष्य : मन्त्री रिजाल
औद्योगिक वातावरण बनाउनु सरकारको लक्ष्य : मन्त्री रिजाल
इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र शनिबार
इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र शनिबार
सानेपा हत्याकाण्डः मुनामाथि जाइलाग्दा कुकुर आक्रामक
सानेपा हत्याकाण्डः मुनामाथि जाइलाग्दा कुकुर आक्रामक