देउवाकाे हिसाबकिताबमा प्रकाशशरण महत

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
४३ पटक हेरिएको
Shares
देउवाकाे हिसाबकिताबमा प्रकाशशरण महत

सारांश

  • कागमाठाै, माघ ८ ।
  •   कांग्रेस संसदीय दलको निर्वाचनमा संस्थापन पक्ष नै हाबी हुने देखिएको छ ।
  • प्रत्यक्ष निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका धेरै विजयी भए पनि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको सूचीको प्राथमिकताका आधारमा सांसद छनोट गरिए सभापति शेरबहादुर देउवा पक्ष हाबी हुनेछ ।

कागमाठाै, माघ ८ ।  कांग्रेस संसदीय दलको निर्वाचनमा संस्थापन पक्ष नै हाबी हुने देखिएको छ । प्रत्यक्ष निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका धेरै विजयी भए पनि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको सूचीको प्राथमिकताका आधारमा सांसद छनोट गरिए सभापति शेरबहादुर देउवा पक्ष हाबी हुनेछ ।

आजको नयाँ पत्रिका मा खबर छ-प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसले २३ सिट जितेको छ । ४० सिट समानुपातिकतर्फ पाउनेछ । ६३ सदस्यीय संसदीय दलको नेता निर्वाचित हुन कम्तीमा ३२ मत आवश्यक पर्छ । प्रत्यक्षतर्फ जितेका २३ मध्ये सभापति देउवा पक्षका नौ सांसद छन् ।

कांग्रेसले आयोगमा बुझाएको सूचीको प्राथमिकताअनुसार सांसद छानिए समानुपातिकतर्फबाट देउवा पक्षका २८ आउनेछन् । प्रत्यक्ष र समानुपातिक गरी देउवा पक्षका ३७ सांसद निर्वाचित हुनेछन् । प्रत्यक्षतर्फबाट पौडेल पक्षका ११ सांसद निर्वाचित भएका छन् । समानुपातिकतर्फबाट पनि उनी पक्षका ११ सांसद आउने देखिन्छ ।

नेता कृष्णप्रसाद सिटौला पक्षका तीन सांसद प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । समानुपातिकतर्फबाट उनको पक्षका छनोट हुने सम्भावना कम छ । समानुपातिक उम्मेदवारको बन्दसूचीमा पहिलो नम्बरमा नाम रहेका उद्योगपति विनोद चौधरी भने कुनै पनि गुटमा खुलेका छैनन् ।

देउवाको तयारी
सभापति देउवा यसपटक पनि संसदीय दलको नेता बन्ने मनस्थितिमा छन् । प्रारम्भिक आकलनअनुसार संसदीय दलमा उनको पक्षमा सजिलै बहुमत पुग्ने पनि देखिन्छ । स्रोतका अनुसार संस्थापन पक्षले समानुपातिकतर्फबाट छानिने सांसदको पनि हिसाब गरेर प्रस्ट बहुमत आफ्नो पक्षमा आउने निष्कर्ष निकालिसकेको छ ।

यद्यपि, देउवानिकट नेता डा. प्रकाशशरण महतले भने प्रतिनिधिसभाको पूर्ण नतिजा आएपछि मात्र को उम्मेदवार बन्ने भन्ने टुंगो लाग्ने बताए । ‘नतिजा नै आएको छैन । त्यसैले अहिले नै हामी संसदीय दलको हिसाबकिताबमा लागिसकेका छैनौँ,’ उनले भने, ‘परिणाम आएपछि बल्ल तयारी हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?